सुनसरी र ईलामबाट लागुऔषध ब्राउनसुगर सहित ४ जना पक्राउ

सुनसरी र ईलामबाट लागुऔषध ब्राउनसुगर सहित ४ जना पक्राउ

विराटनगर । सुनसरी र ईलामका दुई छुट्टाछुट्टै स्थानबाट बुधवार साँझ नियन्त्रीत लागूऔषध ब्राउनसुगर सहित ४ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा धरान उप-महानगरपालिका-१७ का ३४ बर्षीय मनिष पाण्डे, धरान-११ का ३५ बर्षीय सुर्य कुमार राई , झापा गौरिगंजकी ३२ बर्षीया बबिता राजवंशी र दमक नगरपालिका-२ का ४१ बर्षीय राजकुमार बिश्वकर्मा रहेका छन् ।

पाण्डे र राईलाई ईलाका प्रहरी कार्यालय महेन्द्रनगरबाट खटिएको प्रहरी टोलीले सुनसरीको बराहक्षेत्र नगरपालिका-८ बाट ११ ग्राम ३७० मिलिग्राम लागुऔषध ब्राउनसुगर सहित पक्राउ गरेको हो । प्रदेश १-०२-०४२ प ८४०३ नम्बरको स्कुटरमा शुक्रवारेको भित्री सडकमा दक्षिणबाट उत्तर तर्फ आँउदै गरेका उनीहरुलाई चेकजाँच गर्नेक्रममा उनीहरुको साथबाट उक्त परिणामको लागुऔषध बरामद भएको र दुबै जनालाई पक्राउ गरी थप अनुसन्धान भईरहेको उक्त कार्यालयले जनाएको छ ।

त्यसैगरी प्रहरी चौकी पेल्टिमारीबाट खटिएको प्रहरी टोलीले ईलामको चुलाचुली गाउँपालिका-२ बाट राजवंशी र बिश्वकर्मालाई ०.४६ मिलिग्राम लागुऔषध सहित पक्राउ गरेको छ । मे.१.ह.३२२० नम्बरको अटोलाई चेकजाँच गर्ने क्रममा अटोमा सवार रहेका उनीहरुको साथबाट उक्त परिणामको लागुऔषध बरामद गरेको थियो।

दुबै जनाको घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्