मुटुको शल्यक्रिया

मुटुको शल्यक्रिया

-जुनु राना
यो केही ग्रामको
अत्यन्तै भावुक मुटु लिएर
जिएर हेरियो
जून मुटुमा आवश्यकता भन्दा
बढी भावुकता रहेछ
जुन भावुकताले
जिन्दगीमा धेरैपटक भासिनु परेको छ
अरुको दुखमा समेत
दुख्नु परेको छ !

कहिलेकाहीँ
जमिनमा लत्रनु परेको छ
जसरी
उड्दै गरेको पंछीको पखेटामा
कुनै शिकारीको निशाना लागेर
अकस्मात्
भुई झर्नुपरे जस्तो !
सोच्छु!
कतै विज्ञानको खोजमा
साट्न मिल्छ मुटु शल्यक्रियाबाट !
म अब तेहि
मुटु साट्ने शल्यक्रिया गर्न चाहन्छु
जून मुटुमा
भावुकताको कुनै अस्तित्व नहोस् !
जुन मुटुमा
प्रेम बग्ने रगतको
प्रवाह नहोस् !!

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्