संखुवासभा प्रहरीको नव निर्मित भवन उद्घाटन

<span class='c1'>संखुवासभा प्रहरीको नव</span> <span class='c2'>निर्मित भवन उद्घाटन</span>

सङ्खुवासभा । सङ्खुवासभाको सभापोखरी गाउँपालिका–१ धुपुमा नव निर्मित प्रहरी चौकी धुपु संखुवासभाको कार्यालय भवन, ब्यारेक, भान्साघर तथा शौचालयको समुद्घाटन भएको छ ।

कार्यालयको हाता भित्र आयोजित एक बिशेष कार्यक्रमका बिच कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरका कार्यालय प्रमुख प्रहरी नायव महानिरीक्षक राजेशनाथ बास्तोलाले शिलालेख अनावरण गरी बिधिवत रुपमा समुद्घाटन गर्नु भएको हो ।

नव निर्मित भवनको समुद्घाटन र भवनको निरीक्षण पश्चात कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै उहाले नयाँ भवन संगै कार्यरत प्रहरी कर्मचारीहरुमा थप मनोवल उच्च हुनुका साथै आम नागरिकमा प्रदान हुने सेवा समेत समयानुसार स्तरिय हुदै जाने धारणा व्यक्त गर्नुभयो । सुविधा सम्पन्न भौतिक सुविधाले थप मनोवल बढ्ने र कार्यक्षेत्रमा समेत यसले अनुकुल वातावरण सिर्जना गर्ने बताउँदै सुविधा सम्पन्न भवन प्राप्त भएसंगै थप जोश र उर्जाका साथ प्रहरी काम कारवाही गर्न प्रेरणा मिल्ने बताउनु भयो ।

यसका साथै उहाले सुन्दर भवनमा बस्ने प्रहरी कर्मचारहरुले जनमैत्री प्रहरी सेवा प्रदान गर्नेमा आफु बिश्वस्त रहेको बताउँदै कानूनको परिधिमा रही जन चाहना बमोजिमको प्रहरी सेवा प्रदान गर्न प्रहरी कर्मचारीहरुलाई निर्देशन समेत दिनुभयो ।

नेपाल सरकारको नियमित बजेटबाट रकम विनियोजित भई एक करोड ९४ लाख ३५ हजार १०६ रुपैयाको लागतमा साना ठुला गरी ९ वटा कोठा भएको साढे २ तले कार्यालय भवन, भान्साघर र शौचालयको निर्माण सम्पन्न भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्