ओबी समाचार प्रभाव : महानगरद्वारा सगरमाथा स्कुलको शौचालयमा राखिएको सिसी क्यामरा जफत

ओबी समाचार प्रभाव : महानगरद्वारा सगरमाथा स्कुलको शौचालयमा राखिएको सिसी क्यामरा जफत

विराटनगर । सगरमाथा बोर्डिङ स्कुलको शौचालयमा जडान गरिएको सिसी क्यामरा विराटनगर महानगरपालिकाले जफत गरेको छ।

'विद्यार्थीबाट गुट्खा र धक्कामुक्का रोक्न सगरमाथाको शौचालयमै सिसी क्यामरा' शिर्षकमा समाचार आवर विराटनगरले सार्बजनिक गरेको थियो । सोही समाचार प्रकाशित भएको केही घण्टामै विराटनगर महानगरपालिकाले विराटनगर–११ स्थित सगरमाथा बोर्डिङको सिसि क्यामेरा जफत गरेको हो ।

महानगरपालिकाकी उप–प्रमुख शिल्पा निराला कार्कीको नेतृत्वमा महानगरपालिको शिक्षा शाखा साथै नगर प्रहरी लगायतको टोलीले गैर कानुनी रूपमा राखिएको शौचालय भित्रको सिसी क्यामराहरु निकालेर महानगरपालिकाले जफत गरेको महानगरले जनाएको छ ।

महानगरले सो विद्यालयलाई कारबाही समेत गर्ने भएको छ । कानुन विपरीतका यस्ता गतिविधि गर्ने विद्यालयलाई कानुन अनुसार कारबाही गरिने उप–प्रमुख कार्कीले जानकारी दिइन् । ‘हामीलाई शौचालयमा सिसी क्यामरा राखेको भन्ने जानकारी आएपछि टोली परिचालित गरिएको थियो, उनले भनिन्, यस्ता कानुन विपरीतका कार्य गर्ने विद्यालयहरू कानुनी प्रक्रियामा आउँछन् ।’

सिसि क्यामेराको विषय जानकारीमा आएपछि विद्यालयलाई सचेत गराउँदा समेत बेवास्ता गरेको त्यहाँ पुगेको टोलीले जनाएको छ।

प्रयोजन नै नखुलाई सिसी क्यामरा शौचालयमा राखिनु गैर कानुनी काम भएकोले ३० हजारसम्म जरिवाना र अरू कानुनी कारबाही अघि बढ्ने महानगरपालिकाले जनाएको छ।

यो पनि पढ्नुहोस् : https://ourbiratnagar.net/2023/06/225585

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्