संखुवासभामा खोलामा डुबेर एक जनाको मृत्यु

संखुवासभामा खोलामा डुबेर एक जनाको मृत्यु

संखुवासभा । संखुवासभाको सभापोखरी गाउँपालिका-३ सभाखोला स्थित खोलामा डुबेर एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा स्थानीय २० बर्षीय कुशल राई रहेका छन् ।

शनिबार बिहान ५ बजे घरबाट माछा मार्न जान्छु भनि हिडेकोमा राती सम्म घर फर्कि नआएपछी आफन्तहरुले खोजतलास गर्न क्रममा उनलाई आफन्तले डुबि मृत अवस्थामा फेला परेका थिए ।

घटनाको जानकारी पाए सगै घटनास्थलमा प्रहरीको टोली खटीगई घटनास्थल सुरक्षित राखी सम्पुर्ण कानुनी प्रक्रिया पश्चात लासलाई पोष्टमाटमको लागि जिल्ला अस्पताल संखुवासभा खाँदबारी पठाईएको छ ।

घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ ।

फोटो:फाइल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्