मोरङ र उदयपुरमा सवारी दुर्घटना हुँदा २ जनाको मृत्यु

मोरङ र उदयपुरमा सवारी दुर्घटना हुँदा २ जनाको मृत्यु

विराटनगर । मोरङ र उदयपुरको दुई छुट्टाछुट्टै स्थानमा बुधवार भएको सवारी दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ ।

मोरङको कटहरी गाउँपालिका-४ मा पश्चिमबाट पूर्व तर्फ जाँदै गरेको को. १९ प ५८२ नम्बरको मोटरसाईकल र बिपरीत दिशाबाट आउँदै गरेको को. २ त २५२ नम्बरको ट्याक्टर एक आपसमा ठोकिदा घाईते भएका मोटरसाईकल चालक रङगेली नगरपालिका-६ का ४० बर्षीय सुनिल ठाकुरको उपचारको क्रममा कोशी अस्पताल विराटनगरमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

त्यसैगरी उदयपुरको बेलका नगरपालिका-१ आम्बासीमा उत्तरबाट दक्षिण तर्फ जाँदै गरेको ना. ८ ख ५२३९ नम्बरको जेसिबी JCB लोड भएको ट्रकमा सोही दिशा तर्फ जाँदै गरेको स. ३ प ३०३३ नम्बरको मोटरसाईकल ठोक्किदा मोटरसाईकल चालक राजबिराज नगरपालिका-१० का २२ बर्षीय अजय चौधरीको घटनास्थलमा नै मृत्यु भएको थियो।

घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको ईलाका प्रहरी कार्यालय रामपुर ठोक्सिलाले जनाएको छ ।

फोटो:फाइल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्