मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति साहको निधन

मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति साहको निधन

धनुषा । मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डा.रामकेवल साहको निधन भएको छ ।

करिब एक सातादेखि भारतको नयाँ दिल्लीमा उपचाररत ६९ वर्षीय डा.साहको आज बिहान निधन भएको उहाँको पारिवारिक स्रोतले जानकारी दिएको छ । उपकुलपति साह दुई महिनादेखि फोक्सोको क्यान्सरबाट पीडित हुनुहुन्थ्यो ।

उपकुलपति साहको काठमाडौँमा उपचार सम्भव नभएपछि भारतको नयाँ दिल्ली लगिएको थियो ।

उहाँ नशा तथा हाडजोर्नी रोग विशेषज्ञ समेत हुनुहुन्थ्यो । डा.साहलाई मधेस प्रदेशले २०७७ माघ १८ गते प्रतिष्ठानको उपकुलपतिमा नियुक्त गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्