वेलकम टु हेम्जाकोट’ हेर्न विराटनगरका कलाकार सन्दिपको आग्रह

वेलकम टु हेम्जाकोट’ हेर्न विराटनगरका कलाकार सन्दिपको आग्रह

प्रेम देवान
विराटनगर । सानैदेखी अभिनयको नसा लागेका विराटनगर ३ पुष्पलाल चौकका २९ बर्षिय सन्दिपको सिंग्देल अभिनित ठुलो पर्दाको फिल्म अहिले देशका सिनेमा हलहरुमा चलिरहेको छ ।

गत शुक्रवारदेखि देशभर प्रदर्शनमा आएको फिल्म ‘वेलकम टु हेम्जाकोट’ अहिले विराटनगर लगायतका सिनेमा घरहरुमा चलिरहेको छ ।
समसामाहिक कथामा कमेडी शैली मिश्रण गरेर प्रस्तुत गरिएको फिल्मले वैदेशिक रोजगार अनि बेरोजगारीले निम्त्याउने समस्या, अन्तरजातीय प्रेममा आउने उताव–चडाव लगायतका विषयवस्तुलाई समेटिएको छ ।

तेजप्रसाद दाहाल, जितेन्द्र गिरी, बाबुराम कार्की, सुमन खड्काको लगानीमा निर्माण भएको यस चलचित्रमा सरोज पौडेलको लेखन तथा निर्देशन छ भने बुद्धी तामाङ, विनोद न्यौपाने, दिनेश खड्का, प्रदिप ढकाल, विराटनगरका सन्दिप सिग्देल, अम्बिका तामाङ, सुजाइरा कार्की, विशाल पहारी, रवि गिरी, लक्ष्मीनाथ तिमल्सीना, रश्मी भट्ट, अस्मिता पन्त, शारदा गिरी, बलदिव राई, प्रेविल कंडेल, स्व.जयनन्द लामा, लगायतका कलाकारको अभिनय देख्न सकिन्छ ।

चलचित्रलाई सुनिल मानन्धरले नेपालभरका लागि वितरणको जिम्मा लिएका छन् । तर मोफसलका केहीहरुले भने फिल्म संचालनमा राजनितीक खेलेको कलाकार संदिपको आरोप पनि छ । जुन रुपमा हलहरुमा प्रदर्शनीको समय र टिकटको व्यावस्था गर्नुपर्ने हो तर त्यो देखिएन साह्रै दु:ख लाग्यो उनले भने,हामी जस्ता युवा कलाकारहरुलाई झन् सर्पोट गर्नुपर्ने हो तर त्यो देखिन ।’
फिल्म नितान्त मनोरन्जनका लागि बनाइएकाले त्यसैअनुसार दर्शकबाट साथको अपेक्षा गरेको कलाकार सन्दिपले आशा लिएका छन् । उनले भने, आफु विराटनगरवासी भएका कारण एक पटक हलमा पुगेर ‘वेलकम टु हेम्जाकोट ’ हेरेर प्रतिक्रिया दिन विराटनगरवासीलाई आग्रह गरेका छन् ।

यस अघि एरीना टेलिभिजन , मकालु टेलभिजनमा क्राईम पेट्रोल सिरयल बनाएका सन्दिप आफै पनि अभिनय गर्दै आएका थिए । घरको कान्छा छोराको रुपमा रहेका उनका अन्य परिवार भने कलाकारीता क्षेत्रमा छैनन् । तर आफुलाई भने सानैदेखी कलाकारीता क्षेत्र भन्ने वित्तिकै हुरुक्कै हुने गरेको सुनाए ।
उनको फिल्ममा एक दलित युवाको भुमिकामा छन् । उनले अन्तरजातिय प्रेममा हुने द्धन्दको पिडामा रहेर जिवन्त अभिनय गरेका छन् । ‘यो एउटा मेरो ठुलो पर्दामा पहिलो प्रयास हो । एक पटक हलसम्म पुगेर सबै विराटनगरवासी आमाबुबा दाजुभाई दिदिबहिनी र आफन्त साथीभाईहरुलाई फिल्म हेर्न सुझाव दिएका छन् ।

आगाामी दिनहरुमा पनि फिल्मक्षेत्रबाट यात्रा तय गर्ने सिंग्देलले आवर विराटनगरलाई जानकारी दिए । ‘मेरो यो आगमनलाई सहर्ष स्विकारनुहुनेछ । आशा छ दर्शकहरुले माया गर्नुहुनेछ ।’
क्लोजअप सिने प्रोडक्सनको ब्यानरमा निर्माण भएको यो चलचित्रसंग दयाहाङ अभिनित फिल्म 'निरफुल' पनि अहिले हलहरुमासँगसंगै नै चलिरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्