मंगलबारे सडक खण्डमा यात्रुवाहक बसमा आगजनी गरेको आरोपमा पाँच जना पक्राउ

मंगलबारे सडक खण्डमा यात्रुवाहक बसमा आगजनी गरेको आरोपमा पाँच जना पक्राउ

विराटनगर । यात्रुवाहक बसमा आगजनी गरेको आरोपमा प्रहरीले पाँच जनालाई पक्राउ गरेको छ । मोरङको उर्लाबारी नगरपालिका - ३ नयाँ मंगलबारे सडक खण्डमा यात्रुवाहक बसमा आगजनी गरेको आरोपमा प्रहरीले शनिवार पाँच जनालाई पक्राउ गरेको हो ।

जेठ २५ गते यात्रुवाहक बसले ठक्कर दिएर एक जना स्कुटर चालकको मृत्यु भएको थियो । सवारी दुर्घटनामा परी मृत्यु भएपछि आक्रोशित समूहको भिडले मे १ ख ३०७३ नम्बरको बस आगजनी गरिदिएका थिए ।

पक्राउ पर्नेहरूमा मोरङ पथरी शनिश्चरे नगरपालिका-१ का १८ बर्सिया प्रज्वल भन्ने गोकुल भण्डारी, पथरी शनिश्चरे नगरपालिका-४ सम्झना चोक बस्ने वर्ष २८ का जीवन थापा, पथरी शनिश्चरे नगरपालिका-९ गिरि टोल बस्ने वर्ष २० को मानव भन्ने अनमोल राई, पथरी शनिश्चरे नगरपालिका-२ नवज्योति बस्ने वर्ष २० को आयुस रिजाल र पथरी शनिश्चरे नगरपालिका-२ देविगन्ज बस्ने वर्ष २० को गोरे भन्ने मोहन कुमार मगर रहेको मोरङ प्रहरीका प्रवक्ता डिएसपी रन्जनकुमार दाहालले जानकारी दिए ।

उनीहरूलाई आपराधिक उपद्रब कसुरमा मोरङ जिल्ला अदालतबाट आइतबार ७ दिनको म्याद थप भई थप अनुसन्धानको कार्य भईरहेको डिएसपी दाहालले बताए ।

उर्लाबारीको मंगलबारे स्थित सडक खण्डमा पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको मे १ ख ३०७३ नम्बरको यात्रुवाहक बसले विपरीत दिशातर्फ जाँदै गरेको प्रदेश नं.०१–०१–०१३ प २९० नं.को स्कुटरलाई अगाडीबाट ठक्कर दिँदा स्कुटर चालक झापा कमल गाउँपालिका–२ बस्ने वर्ष ३३ का पवन सुबेदीको उपचारको क्रममा मदन भण्डारी अस्पताल तथा ट्रमा सेन्टर मंगलबारे मृत्यु भएको थियो ।

प्रहरीले बस चालक झापा कनकाई नगरपालिका–३ बस्ने वर्ष ३२ का टंक प्रसाद सुबेदीलाई नियन्त्रणमा लिएर सवारी ज्यान मुद्दामा म्याद थप गरी अनुसन्धान सुरु गर्दै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्