विराटनगर । कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरबाट खटिएको प्रहरी टोलीले लागुऔषध मुद्दाका एक जना फरार प्रतिवादीलाई पक्राउ गरेको छ ।
लागुऔषध मुद्दामा सम्मानित सुनसरी जिल्ला अदालतको मिति २०७८|११|२९ गतेको सजाय निर्धारण फैसला आदेशले १ महिना कैद बेरुजु रही फरार रहेका धरान उप-महानगरपालिका-१३ का ४५ बर्षीय गुन्थन भन्ने सन्त बहादुर लिम्बुलाई खोजतलास गर्ने क्रममा गाउँघरमा नै लुकिछिपी बसेको अवस्थामा फेला पारी पक्राउ गरेको हो ।
पक्राउ परेका लिम्बुलाई सम्मानित सुनसरी जिल्ला अदालत बुझाईएकोमा तोकिएको कैद भुक्तानको लागि झुम्का कारागार पठाएको प्रहरीले जनाएको छ ।