कलाकार खोज्दै ‘बाघचाल’

<span class='c1'>कलाकार खोज्दै</span> <span class='c2'>‘बाघचाल’</span>

काठमाडौँ । निर्माणको तयारीमा रहेको चलचित्र ‘बाघचाल’ को अभिनेत्री ‘अडिसन’मार्फत चयन हुने भएकी छन् ।

निर्माण समूहले प्रेस विज्ञाप्ति जारी गर्दै डिजिटल अडिसनमार्फत विश्वभरका आकांक्षीले सहभागिता जनाउन सक्ने जानकारी दिएको छ ।

निर्देशक सम्राट बस्नेतले सहभागीले फोटो र दुई मिनेटको आफ्नो प्रस्तुतिसहितको भिडियो आगामी असार ७ गतेसम्म पठाइसक्नु पर्ने जानकारी दिनुभयो ।

“कलाकारितामा भविष्य देख्नेलाई अवसर सिर्जना गरेका हौँ । नयाँ अनुहारको लागि राम्रो अवसर बन्न सक्छ”, उहाँले भन्नुभयो, “अडिसनको प्रारम्भिक चरणमा कसले अभिनय गर्न सक्छ या सक्दैन भन्ने थाहा हुन्छ ।”

निर्देशक बस्नेतले अडिसनमार्फत छनोट गर्दा चरित्र सुहाउँदो पात्र छनोट गर्न सकिने बताउनुभयो । उत्तरगया म्यूजिक एण्ड फिल्मस् तथा सबिन फिल्मस्को ब्यानरमा बन्ने चलचित्रमा गण्डकीका प्रदेशसभा सदस्य राजीव गुरुङ र अभिनेता सविन श्रेष्ठ कलाकारका रूपमा तय भइसक्नु भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्