काठमाडौं । शहीद गङ्गालाल राष्ट्रिय हृदय केन्द्रमा उपचार राष्ट्रपति रामचन्द्र पौडेलको स्वास्थ्य अवस्था सामान्य रहेको अस्पतालले जानकारी दिएको छ ।
आज बिहान नियमित स्वास्थ्य परीक्षणका क्रममा अस्पताल पुग्नुभएका उहाँलाई अस्पतालले चिकित्सकको सल्लाहअनुसार २४ घण्टासम्म अवलोकनमा राख्ने अस्पतालका कार्यकारी निर्देशक डा.चन्द्रमणि अधिकारीले जानकारी दिनुभयो ।
उहाँका अनुसार राष्ट्रपति पौडेललाई बुधबारसम्म डिस्चार्ज गर्ने तयारी छ ।
फोटो:फाइल