औषधि व्यवसायी संघले ५० औं स्थापना दिवस मनाउने

<span class='c1'>औषधि व्यवसायी संघले ५०</span> <span class='c2'>औं स्थापना दिवस मनाउने</span>

विराटनगर । नेपाल औषधि व्यवसायी संघको ५० औं स्थापना दिवस विविद्य कार्यक्रम आयोजना गरी एक हप्ताभरी मनाउने निर्णय गरेको छ ।

नेपाल औषधि व्यवसायी संघ मोरङ जिल्ला शाखाले विविद्य कार्यक्रम आयोजना गरी हप्ताभरी संघको स्थापना दिवस मनाउने निर्णाय गरेको हो ।
कार्यसमितिको ५१ औं बैठकले असार ५ गतदेखि १० गतेसम्म हप्ताभरि विभिन्न कार्यक्रम आयोजना गरी मनाउने निर्णय गरेको संघका अध्यक्ष लक्ष्मीप्रसाद तिम्सिनाले जानकारी दिए । संघको स्थापना दिवस असार १० गते पर्दछ । सोही अवसर पारेर संघको स्थापना दिवसमा रक्तदान कार्यक्रम, कोशी अस्पतालका विरामीलाई फलफूल वितरण, निःशुल्क स्वास्थ्य शिविर, स्वास्थ्य सामाग्री वितरण, अग्रज औषधि व्यवसायीलाई सम्मान, आदि कार्यक्रमहरु गर्ने निर्णय भएको अध्यक्ष तिम्सिनाले बताए ।

यस वर्ष संघको स्थापना दिवस भव्य र सभ्य तरिकाले मनाउने उनको भनाइ थियो । संघले प्रत्येक वर्ष विभिन्न कार्यक्रम आयोजना गरी हरेक वर्ष स्थापना दिवस मनाउँदै आएको छ ।

यस वर्ष साताव्यापी कार्यक्रम गर्नको लागि संघले संयोजक र सह–संयोजकहरु पनि तोकेको छ । कार्यक्रमको मूल संयोजकमा संघका उपाध्यक्ष तथा प्रवक्ता देशबन्धु ढकाल रहेका छन् । सह–संयोजकहरुमा प्रकाश धिमाल, पुष्पराज पोखरेल, सरिता चौधरी श्रेष्ठ, अनिल शर्मा चौधरी रहेको संघका उपाध्यक्ष तथा प्रवक्ता ढकालले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्