बाढीले ताप्लेजुङको पूर्वी क्षेत्रका सिदिङ्वा र सिरिजंगा गाउँपालिकामा क्षति

<span class='c1'>बाढीले ताप्लेजुङको पूर्वी क्षेत्रका सिदिङ्वा</span> <span class='c2'>र सिरिजंगा गाउँपालिकामा क्षति</span>

बुधबार बेलुकादेखिको वर्षा र काबेली नदीमा आएको बाढीले ताप्लेजुङको पूर्वी क्षेत्रका सिदिङ्वा र सिरिजंगा गाउँपालिकामा क्षति पुर्‍याएको छ । मोटरेबल पुल, झोलुङ्गे पुल भत्काएको छ भने एउटा घरसहित केही पशुचौपाया समेत बगाएको स्थानीयले बताएका छन् ।

सिदिङ्वा गाउँपालिका १ सुरुमखिमका वडा सदस्य राजकुमार इम्वुङका अनुसार बाढीले सुरुमखिम–खेवाङ–याम्फुदिन जोड्ने मोटरेबल पुल भत्काएको हो । गत जेठ महिनामा उद्घाटन गरिएको पुलको एकापट्टिको पिलरसहितको भाग भत्काएको हो ।

बाढीले सिरिजंगा गाउँपालिका ८ याम्फुदिनको जनजिवन पनि प्रभावित भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्