मधेस प्रदेश सरकारले ल्यायो ४४ अर्बको बजेट

<span class='c1'>मधेस प्रदेश सरकारले ल्यायो</span> <span class='c2'>४४ अर्बको बजेट</span>

धनुषा । मधेस प्रदेश सरकारले आर्थिक वर्ष २०८०/८१ का लागि रु ४४ अर्ब ११ करोड ४६ लाख ३२ हजारको बजेट सार्वजनिक गरेको छ । अर्थमन्त्री सञ्जय यादवले आज प्रदेशसभाको बैठकमा बजेट प्रस्तुत गर्नुभयो ।

प्रदेश सरकारले आगामी आवका लागि चालुतर्फ रु १८ अर्ब २१ करोड ७६ लाख १४ हजार (४१.३० प्रतिशत) र पुँजीगततर्फ रु २५ अर्ब ६९ करोड ७० लाख १८ हजार (५८.२५ प्रतिशत) र वित्तीय व्यवस्थातर्फ रु २० करोड (०.४५ प्रतिशत) बजेट विनियोजन गरेको छ ।

प्रस्तुत बजेटमा कृषि, स्वास्थ्य, शिक्षा र सिँचाइलाई प्रमुख प्राथमिकतामा राखिएको छ । प्रस्तुत बजेटअनुसार मधेस प्रदेशमा किसानलाई कार्ड वितरण गर्दै विदेश भ्रमणका लागि बजेट विनियोजन गरिएको छ ।

‘हरेक खेतमा पानी, किसानलाई आम्दानी’ अभियानअन्तर्गत सिँचाइका लागि निःशुल्क विद्युत् सेवा उपलब्ध गराउन रु ४० करोड बजेट विनियोजन गरिएको छ ।

आगामी आवमा ‘एक टोल, एक सामूहिक कृषि उत्पादन’, ‘एक वडा, एक विशेष उत्पादन’ र ‘एक पालिका, एक उत्पादन क्षेत्र नमूना कार्यक्रम’का लागि रु १० करोड बजेट विनियोजन गरिएको छ ।

बजेटमा युवालाई कृषिमा लाग्न प्रोत्साहन गर्ने, मुख्यमन्त्री किसान उत्थान कार्यक्रमका लागि रु १५ करोड, नमूना कृषि खेतीका लागि रु १० करोड, कृषिमा आत्मनिर्भर हुनका लागि १० वर्षे गुरुयोजना बनाउन रु ५० लाख, कृषिउपज बजार सेड निर्माणका लागि रु दुई करोड ४० लाखसहित कृषिका लागि रु दुई अर्ब ६२ करोड ८५ लाख २७ हजार बजेट बिनियोजन गरिएको छ ।

कृषि प्रणालीलाई आधुनिकीकरण, व्यावसायीकीकरण र यान्त्रिकीकरण गरी उत्पादन र उत्पादकत्व अभिवृद्धि गर्न रु २५ करोड बजेट विनियोजन गरिएको छ ।

मुख्यमन्त्री किसान उत्थान कार्यक्रमअन्तर्गत कृषि, दुग्ध, मासु, कम तौल तथा उच्च मूल्य भएका उत्पादन प्रवद्र्धनका लागि रु १५ करोड, अधुरो अपूरो रहेका वा सञ्चालनमा नरहेको डीप ट्युववेल, स्यालो ट्युववेल, पावर ड्रिल बोरिङलाई यसैवर्ष सञ्चालनमा ल्याई सिँचाइको प्रबन्ध गर्न रु ३० करोड बजेट विनियोजन गरिएको छ ।

मानव संशाधन विकासको क्षेत्रमा प्रत्येक जिल्लाका ११ वटा विद्यालयलाई नमूना विद्यालयको रुपमा क्षमता विकास, कन्या आवासीय कलेज स्थापना, सांकेतिक भाषा तथा ब्रेललिपीका पाठ्यपुस्तक पढाउनका लागि दक्ष शिक्षकको व्यवस्था गर्ने बजेटमा उल्लेख छ ।

अति विपन्न तथा सिमान्तकृत घर परिवारका लागि एक परिवार एक विद्युतीय चुल्हो कार्यक्रम सञ्चालन गरिने पनि बजेटमा उल्लेख छ । ‘चुरे जोगाउ मधेस बचाउ’, ‘हर एक मानिस एक वृक्ष लगाउँ’ कामका लागि रु तीन करोड ‘जहाँ बाटो त्यहाँ रुख, त्यसले ल्याउँछ परम सुख’, जस्ता अभियानहरु सञ्चालनमा ल्याउन रु १५ करोड, ‘हरित सहर स्वच्छ सहर’ अभियानका लागि रु १० करोड बजेट विनियोजन गरिएको छ ।

मधेस प्रदेशभित्रका सांस्कृतिक तथा धार्मिक महत्वका सम्पूर्ण नदी नालाका पहिचान गरी सोको संरक्षण र सम्वद्र्धनका लागि सङ्घीय र स्थानीय तहसँग समन्वय गरी प्रदेश प्रमुख नदीनाला नियन्त्रण तथा जल संरक्षण कार्यक्रम सञ्चालन गर्न रु ३० करोड बजेट विनियोजन गरिएको छ ।

प्रदेशको स्वास्थ्य सेवालाई भरपर्दो र विश्वसनीय बनाउन सिरहा जिल्लाको प्रादेशिक अस्पताललाई १५० शय्याको रुपमा स्तरोन्नति गरिने बजेटमा उल्लेख छ । लहान, जलेश्वर, मलगङ्वा, गौर र कलैयास्थित प्रादेशिक अस्पतालाई एक सय शय्याको रुपमा स्तरोन्नति गर्न आगामी आर्थिक वर्षमा गर्ने व्यवस्था मिलाएको छ । यसका लागि भौतिक पूर्वाधार र जनशक्तिको उपलब्धता सुनिश्चित गर्न रु ३० करोड विनियोजन गरिएको छ । प्रदेशस्तरमा बाल अस्पताल स्थापना तथा सञ्चालनका लागि सङ्घीय सरकारको समन्वय तथा सहकार्यमा निर्माणको सुरुवात गर्न रु पाँच करोड बजेट विनियोजन गरिएको छ ।

बारा जिल्लाको झिटकैयामा सरुवा रोग अस्पताल निर्माण गर्न रु दुई करोड विनियोजन गरेको छु । क्यान्सर रोगको उपचारका लागि प्रदेशमा क्यान्सर अस्पताललाई थप सुदृढीकरणका लागि रु १० करोड विनियोजन गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्