रमिता

<span class='c1'>रमिता</span> <span class='c2'></span>

भन्दै नभन्दा पनि हानी हुने
ख्यालै नगर्दा पनि झन् नहुने ।
के यो अवस्था हुन हो यहाँको
यो खुल्दुली नै छ जहाँ तहाको ।।

ठूला सबैका सुविचार धेरै
यी नासिदैछन् पुतली बनेरै ।
चिन्ता र पीडा रति नै नभाको
देख्ने छ बानी सपना यिनैको ।।

प्राणी अनेकौ हुल चै छ ऊ
यो राष्ट्र नै ता हुनि भो नि धुलो।
खाली विषै सर्प सरी रहिगो
ईखै विनाको जन यो भइगो ।।

प्याला उही नै छ सिसी त अर्को
हेर्नै नसक्ने रमिता छ घरको ।
देख्दा त यो लाग्छ मलाई झर्को
हेर्छौ कति ता रमिता छ चर्को ।।

बानी सबैको पशुतुल्य भाको
खिचा र तानी कहिले नगाको ।
अल्झिरहेछन् नि नपाई भेऊ
हे सज्जन आई सुविचार देऊ ।।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्