भ्रष्टचार र हामी

भ्रष्टचार र हामी

-किस्मत खतिवडा
तिमीहरु यसरी
सडकमा आउदैमा
नारा जुलुस लाउदैमा
न त हामी सुध्रिन्छौ
न त भ्रष्टचार नै गर्न छोड्छौ
तिमीहरुलाई के लाग्छ?
तिमीहरु भ्रममा छौं
हामी त थेत्तरो भैसक्यौ
एउटा कानले सुन्छौ
अर्को कानले उडाउछौं
बरु तिमीहरु थाक्न सक्छौं
गल्न सक्छौ जुलुस लगाएर
तर,
हामीलाई कुनै असर पर्दैन
भ्रष्टचार गर्न लाज लाग्दैन
भनेर कुर्लिन्छौ सडकमा
अरे! तिमीहरुलाई के थाहा
तेत्तिस किलो सुन त पचाउन सक्नेले
जाबो लाज पचाउन
सक्दैनौ होला त हामीले
जनतालाई ढाट्न देखि
सिसि टिभीको तार काट्न
पछि पर्दैनौ हामी
भ्रष्टचार गर्न कम गाह्रो छ
माथी देखि तल सम्मको
निकायलाई पैसाको बिटो
दिनुपर्छ
पुलिस प्रशाशन मिडिया किन्नुपर्छ
लाज पचाएर हिड्नुपर्छ
तिमीहरुलाई थाहा नै छ
हामी विरुद्धको कुनै प्रमाण
छ भने
कागत सम्म निल्नुपर्छ
कम गाह्रो छ भ्रष्टचार गर्न
तिमीहरुलाई पनि त
फाइदा नै छ नी
दुई चार बिटा टेबलमा लडाउदैमा
न त घन्टौ सम्म लाइन बस्नु पर्छ
न त कागतपत्रको प्रक्रिया
नै पुर्याउनु पर्छ
तिमीहरुले भने अनुसार
सहिलाई गलत
गलतलाई सहि बनाइदिन्छौ
उ त्यहाँ हेर त
हप्तौ दिन देखि धर्ना
बसेका छन् न्यायको लागी
उनीहरु सँग कागतपत्र त छ
तर घुस दिन सक्दैनन्
त्यसैले हामी उनीहरुलाई
वास्था नै गर्दैनौ
जब हामीलाई केहि
फाइदा नै छैन भने
किन गर्नु वास्था
चुनाबको बेला करोडौ करोड
खर्च गरेको छौ
घर घडेरी बेचेर
रक्सी मासु खुवाएका छौ
त्यो खर्च असुल गर्नु छ
फेरी गाडी चड्नै पर्यो
बेंक ब्यालेन्स गर्नै पर्यो
दुई चार वटा
महल बनाउनै पर्यो
यति सबै गर्न भ्रष्टचार गर्नै पर्यो

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्