उ अल्छी भयो

उ अल्छी भयो

-द्वारिका नेउपाने
उ त्यहाँ पारी खुसी
वारि नि खुसी
बुज्नु पर्छ
ढुङ्गा मा नि देउता पाइन्छ

उ त्या बिजुली बत्ति
देख्दा नि लडनुपर्छ
हेर्नु पर्छ
दियो मा नि लक्ष्मी पाइन्छ

उ त्या पारी काली गण्डकी
अबिरल बग्छिन
हेर्नु पर्छ
खोज्नु पर्छ सालिग्राम पाइन्छ

उ त्या पारी जङ्गल छ
बन्यजन्तु छ
बुज्नु पर्छ
बाटो नापे गन्तब्य पाइन्छ

उ त्या पारी सिस्नु छ
टिप्न जानु पर्छ
खोज्नु पर्छ
अनि पो चुलो मा पाइन्छ

उ त्या पारी हिमाल छ
पाइला चाल्नु पर्छ
टेक्नु पर्छ
अनि पो सगरमाथा चुम्न पाइन्छ

उ त्या पारी जडिबुटी छ
खोज्नु पर्छ
चिन्नु पर्छ
ओखती मुलो घर घर मा पाइछ

उ त्या पारी चिया बगान छ
तीन पाते टिप्नु छ
सिक्नु छ
र पो त कमान पाइन्छ

उ त्या पारी बयेर ऐसेलु घारी छ
मुख मिठो पार्नु छ
निडर भै
अनि पो बेस्सरी खान पाइन्छ
अल्छि को केही लाग्दैन

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्