आईसीसी विश्वकप छनोट :नेपालले जिम्बावेलाई दियो २९१ रनको लक्ष्य

<span class='c1'>आईसीसी विश्वकप छनोट :नेपालले जिम्बावेलाई</span> <span class='c2'>दियो २९१ रनको लक्ष्य</span>

काठमाडौँ । आइसिसी विश्वकप क्रिकेट छनोट, २०२३ अन्तर्गत आज भएको पहिलो खेलमा नेपालले जिम्बावेलाई जितका लागि २९१ रनको बलियो चुनौती दिएको छ ।

जिम्बावेको हरारे स्पोर्टस क्लबको मैदानमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित ५० ओभरमा आठ विकेट गुमाउँदै २९० रनको योगफल बनायो ।

नेपालले खेलको सुरुआत राम्रो ग¥यो । ओपनर ब्याटरद्वय कुशल भुर्तेल र आशिफ शेखले पहिलो विकटका लागि ३१ दशमलव ५ ओभरमा १७१ रनको कीर्तिमानी साझेदारी गरे । यसअघि गत फेब्रुअरीमा नामिबियाविरुद्धको खेलमा ज्ञानेन्द्र मल्ल र आसिफ शेखले दोस्रो विकेटका लागि १३९ रनको साझेदारी गरेका थिए ।

कुशलले सर्वाधिक १३ चौका र २ छक्काको मद्दतमा ९९ रन बनाए भने आसिफले ६६ रन बनाए । यसैगरी कुशल मल्लले ४१ रन जोडे भने आरिफ शेखले १० रन र गुल्सन झाले १३ बनाए । दीपेन्द्र सिंह ऐरीले ६ रन र करण केसी २ रनमा अविजित रहे ।

बलिङतर्फ जिम्बावेका रिचार्ड नगर्भाले चार विकेट लिए भने विलिङ्टन मासाकाट्जाले दुई विकेट झारे । त्यस्तै ब्लेसिङ् मुजवानी र टेन्डाई चताराले समान एक/एक विकेट लिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्