प्रदेश १ पुनः नामाकरण संयुक्त संघर्ष समितिसँगकाे वार्ता डेढ घण्टापछी सुरु

प्रदेश १ पुनः नामाकरण संयुक्त संघर्ष समितिसँगकाे वार्ता डेढ घण्टापछी सुरु

विराटनगर । सोमबार बिहान ८ बजे बाेलाइएकाे प्रदेश १ पुनः नामाकरण संयुक्त संघर्ष समितिसँगकाे वार्ता झन्डै डेढ घण्टा पछाडि सुरू भएकाे छ ।

वार्ताका लागि आन्दोलनरत पक्षकाे वार्ता समिति ढिलाे आएपछि वार्ता ढिलाे भएकाे हाे ।

वार्ता अगाडि दुबै पक्षका वार्ता टोलीले छुट्टाछुट्टै छलफल गरेर एजेण्डा तयार गरेका थिए।

सरकारको तर्फबाट वार्ता टोलीमा खानेपानी मन्त्री तिलकुमार मेयाङ्बोको संयोजकत्वमा उद्योग, कृषि तथा सहकारी मन्त्री भक्तिप्रसाद सिटौला र सामाजिक विकासमन्त्री बुद्धिकुमार राजभण्डारी सदस्य रहेको छन्।

आन्दोलनरत पक्षका वार्ता टोलीका सदस्यहरू भने वार्ता गर्ने भनिएकाे विग हाेटेलमा आइपुगेका छैन्न । आन्दोलनरत पक्षकाे तर्फबाट गोविन्द आङ्बुङ, युवराज राई, रामभक्त कुरुम्बाङ, लाक्पा शेर्पा, गेल्जे शेर्पा, कुमार लिङ्देन, रमेश राई, कृष्ण चोङ्बाङ, प्रेम मिभक र पदम जवेगू छन् ।

फागुन १७ मा प्रदेशसभाले प्रदेशको नाम ‘कोशी’ राखेपछि नामाकरणविरुद्ध आन्दोलन शुरु भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्