सिरहाको लहानमा डिभाईडरमा विद्यालय बस ठोक्किदा आगो लाग्यो

<span class='c1'>सिरहाको लहानमा डिभाईडरमा विद्यालय</span> <span class='c2'>बस ठोक्किदा आगो लाग्यो</span>

लहान । पूर्व-पश्चिम राजमार्ग निर्माणमा गरिएको लापरबाहीका कारण सिरहाको लहान नगरपालिकास्थित एक नीजि विद्यालयको बसमा आगो लागेको छ ।

विद्यार्थी ल्याउन गइरहेको बेला बा १ क २४४९ नम्बरको स्कुल बसमा आगो लागेको हो । आगो लागेर बस क्षतिग्रस्त बनेको छ । आगो लागेका बेला बसमा विद्यार्थी थिएनन्, ड्राइभर कुदेर ज्यान जोगाए ।

आगोले ध्वस्त बनेको बस लहान नगरपालिकाका ३ स्थित पारागन बोर्डिग स्कुलको थियो । स्कुल सञ्चालक उमेश चौधरीका अनुसार निर्माणाधीन राजमार्गको ठाउँ ठाउँमा डिभाइडर राखिएको छ । उक्त डिभाइडरमा बसको डिजल टयांक ठोक्किदा आगो लागेको छ ।

आगो लागेर बस पूर्णरुपमा क्षतिग्रस्त बनेको स्कुल सञ्चालक चौधरीले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्