किर्ते कागजात पेश गरी छोरा बनेर जग्गा नामसारी

<span class='c1'>किर्ते कागजात पेश गरी</span> <span class='c2'>छोरा बनेर जग्गा नामसारी</span>

काठमाडौँ । एक व्यक्तिले किर्ते कागजात बनाइ छोरा बनेर अर्काको जग्गा नामसारी गरी ठगी गरेको फेला परेको छ ।

स्याङ्जामा जन्म भएकी उमादेवी गुरुङलाई आमा बनाएर प्रतिवादी सतराज गुरुङले जग्गा हडपेको पाइएको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।

गुरुङलाई आफ्नी आमा रहेको भनी नक्कली मुत्यु दर्ता, नाता प्रमाणित प्रमाणपत्रलगायतका झुट्टा कागजहरु तयार गरी विभिन्न व्यक्ति तथा निकायकको मिलेमतोमा उमादेवी गुरुङको नाममा रहेको काठमाडौँको कीर्तिपुर नगरपालिका ३ मा रहेको जग्गा नामसारी गरेको फेला परेको कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक डा.मनोज केसीले बताउनुभयो ।

उनले किर्ते कागजहरु पेश गरी आफ्नो नाममा नामसारी गरी सङ्गठित लिखत किर्ते र ठगीसम्बन्धी कसुर गरेको भेटिएको उहाँले बताउनुभयो । उनले उमादेवीको नक्कली मृत्युदर्ता र नाता प्रमाणित गरेर जग्गा नामसारी गराउन सफल भएका थिए । तर उक्त जग्गा बिक्री गर्न भने भ्याएनन् ।

सोही आधारमा मकवानपुरको टिस्टुङ घर भई काठमाडौँको कपन बस्ने सतराज गुरुङलााई पक्राउ गरी थप अनुसन्धान तथा कारबाहीका लागि जिल्ला प्रहरी परिसर टेकु, काठमाडौँ पठाइएको कार्यालयले जनाएको छ । प्रहरीले उक्त जग्गा बिकीका लागि वैना गर्न लाग्दा फेला पारेको थियो । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्