ईसेवामा भएको रकम अब एटीएमबाट निकाल्न सकिने

<span class='c1'>ईसेवामा भएको रकम अब</span> <span class='c2'>एटीएमबाट निकाल्न सकिने</span>

काठमाडौं । डिजिटल वालेट ईसेवामा भएको रकम अब एटीएमबाट निकाल्न सकिने भएको छ ।

बुधबार आयोजित एक कार्यक्रममा ईसेवा र एभरेष्ट बैंकबीचको 'कार्डलेस ट्रान्जेक्सन'का लागि सम्झौता भएको हो ।

ईसेवा प्रयोगकर्ताले एभरेष्ट बैंकको एटीएम मेसिनबाट नि:शुल्क रुपमा दैनिक पाँच हजार रुपैयाँसम्म पैसा निकाल्न सक्ने ई-सेवाले जनाएको छ ।

सुरुवाती चरणमा पाँच हजार रुपैयाँसम्म मात्रै रकम निकाल्ने सकिने ईसेवाले जानकारी दिएको छ ।

मोबाइल तथा इन्टरनेटको माध्यमबाट भुक्तानी गर्न सकिने सेवा दिएको ईसेवामा हाल प्रत्यक्ष रूपमा खाता खोल्नेको संख्या करिब ६५ लाख रहेको छ । हाल ईसेवाका देशभर करिब एक लाख ७० हजार एजेन्ट (ईसेवा जोन तथा पोइन्ट) रहेका छन् । ईसेवाबाट इन्स्योरेन्स्को प्रिमियम भुक्तानी, सेयर कारोबारको भुक्तानी गर्न सकिनुका साथै मोबाइल, टेलिफोन, इन्टरनेट, बिजुली तथा खानेपानीको महशुल भुक्तानी, रिचार्ज, हवाईजहाज, बसको टिकट, स्कुलकलेजको लगायतका शुल्क भुक्तानी गर्न सकिन्छ ।

ईसेवामा हाल ५५ वटा बैंक तथा वित्तीय संस्था सदस्य रहेका छन् । यी बैंकबाट ई सेवामा सहजै रकमजम्मा गर्न तथा ईसेवाबाट बैंक खातामा रकम पठाउन सकिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्