नागरिक लगानी कोषका लगानीकर्ताले २५ प्रतिशत लाभांश पाउने

<span class='c1'>नागरिक लगानी कोषका लगानीकर्ताले</span> <span class='c2'>२५ प्रतिशत लाभांश पाउने</span>

सरकारले नागरिक लगानी कोषलाई २६.३१६ प्रशितल लाभांश बाँड्न स्वीकृति दिएको छ । मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले कम्पनीलाई पुँजीवृद्धि गर्न स्वीकृति दिएसँग अब लगानीकर्ताले २५ बोनस सेयर र कर प्रयोजनका लागि १.३१६ प्रतिशत नगद लाभांश प्राप्त गर्ने छन् ।

कोषको सञ्चालक समितिको वैशाख २९ गतेको बैठकले सेयरधनीलाई लाभांश दिने प्रताव गरेको थियो । उक्त प्रस्ताव अर्थमन्त्रालयमा पठाएकोमा मन्त्रालयले मन्त्रिपरिषद्मा पेस गरेको थियो ।

मन्त्रिपरिषद्को बैठकले कम्पनीको चुक्तापुँजी पाँच अर्ब ३१ करोड ३७ लाख ५० हजार पुर्‍याउन स्वीकृति दिएसँगै अब कोषको वार्षिक साधारण सभा बस्ने बाटो खुलेको छ ।

चैत मसान्तसम्म कम्पनीको चुक्तापुँजी चार अर्ब २५ करोड १० लाख रुपैयाँ रहेको छ । २५ प्रतिशत बोनस सेयर बाँडेपछि कम्पनीको चुक्तापुँजी पाँच अर्ब ३१ करोड ३७ लाख ५० हजार रुपैयाँ पुग्ने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्