माओवादीले बोलायो केन्द्रीय समिति बैठक, के छन् एजेण्डा ?

<span class='c1'>माओवादीले बोलायो केन्द्रीय समिति बैठक,</span> <span class='c2'>के छन् एजेण्डा ?</span>

काठमाडौँ । सत्तारुढ दल नेकपा (माओवादी केन्द्र)ले केन्द्रीय समितिको बैठक आह्वान गरेको छ । यही असार २३ गतेदेखि राजधानीको प्रज्ञा–प्रतिष्ठानमा बस्ने गरी बैठक बोलाइएको छ ।

बैठकमा केन्द्रीय सदस्य, वैकल्पिक केन्द्रीय सदस्य, आयोगका सदस्य र प्रदेशका पदाधिकारी गरी करिब सात सय सहभागी हुने केन्द्रीय कार्यालय सचिव डोरप्रसाद उपाध्यायले जानकारी दिनुभयो । केन्द्रीय सदस्य तीन सय ८६ र वैकल्पिक केन्द्रीय सदस्य दुई सय दुई गरी माओवादीको केन्द्रीय समिति पाँच सय ८८ सदस्यीय रहेको छ । माओवादीमा तीन आयोग, सात भौगोलिक र तीन गैरभौगोलिक प्रदेश रहेका छन् ।

माओवादीले भुक्तानी गर्नुपर्ने बक्यौता तथा लेबी समयमै पूरा गर्न मातहतका सङ्गठनलाई निर्देशन दिएको छ । लामो समयदेखि माओवादीको केन्द्रीय समिति बैठक बस्न सकेको छैन । माओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्रीमा नियुक्त भएपछि ‘भर्चुअल’ रुपमा केन्द्रीय समिति बैठक बसेको थियो ।

यसअघि गत वर्ष असारमा केन्द्रीय समिति बैठक बसेको थियो । गत मङ्सिरमा सङ्घ र प्रदेशको निर्वाचन, नयाँ सरकार गठन, राष्ट्रपति तथा उपराष्ट्रपतिको निर्वाचनका कारण बैठक बस्न नसकेको माओवादीले जनाएको छ ।

“औपचारिक बैठक नबसेको लामो समय भएको थियो”, केन्द्रीय कार्यालयका सचिव उपाध्यायले भन्नुभयो, “तीन दिनसम्म चल्ने बैठकमा समग्र विषयमा समीक्षा हुनेछ ।”

बैठकमा विचार मिल्ने राजनीतिक दलसँगको एकताका साथै नवगठित समाजवादी मोर्चाका सन्दर्भमा पनि छलफल हुने उहाँले जानकारी दिनुभयो । “पार्टीलाई प्रभावकारीरुपमा जनतासमक्ष जोड्नका लागि नयाँ अभियान र कार्ययोजना सञ्चालन गर्नेबारेमा पनि छलफल हुनेछ”, कार्यालय सचिव उपाध्यायले भन्नुभयो ।

उहाँले पार्टी सदस्यता नवीकरण तथा व्यवस्थित गर्ने, कार्यविभाजनलाई टुङ्गो लगाउने विषयमा पनि बैठकमा छलफल हुने जानकारी दिनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्