इन्टरनेटको स्पिड र सर्भिस राम्रो नभए वर्ल्डलिंकले ग्राहकको पैसा फिर्ता गर्ने

<span class='c1'>इन्टरनेटको स्पिड र सर्भिस राम्रो नभए</span> <span class='c2'>वर्ल्डलिंकले ग्राहकको पैसा फिर्ता गर्ने</span>

काठमाडौँ । नेपालको सबैभन्दा ठूलो इन्टरनेट सेवाप्रदायक कम्पनी वर्ल्डलिङ्कले ‘मनी ब्याक ग्यारेन्टी’ नामक नयाँ सुविधा सुरु गरेको छ ।

शुक्रबारदेखि इन्टरनेटको स्पिड स्लो र सर्भिस राम्रो नभए पैसा फिर्ता दिने आकर्षक सुविधा ल्याएको वर्ल्डलिंक कम्युनिकेशन्सले जनाएको छ।

नेपाली इन्टरनेट सेवा प्रदायकहरु इतिहासमा पहिलो पटक वर्ल्डलिंकले शर्त अनुसारको सेवा ग्राहकले नपाए रकम फिर्ता गर्ने योजना ल्याएको छ । आफ्ना ग्राहकहरुलाई अब वर्ल्डलिंक इन्टरनेट स्पिड स्लो हुँदैन भन्ने विश्वास दिलाउन रकम नै फिर्ता दिने योजना ल्याएको वर्ल्डलिंकले जनाएको छ। हाल नेपालको इन्टरनेट सेवाक्षेत्रमा सबै कम्पनीहरु मुल्यको प्रतिस्पर्धामा रहेका छन् भने वर्ल्डलिंकले गुणस्तरीय सेवालाई प्राथमिकता दिएको छ ।

वर्ल्डलिंक का ७ लाख ८० हजार ग्राहकहरु रहेका छन् भने जस अन्तर्गत ‘स्ट्यान्डर्ड अफर प्याकेज’ २०० एमबीपीएस, २५० एमबीपीएस र ३०० एमबीपीएसको इन्टरनेट प्रयोग गर्ने प्रयोगकर्ताहरुले कुनै थप शुल्क बिना नै यो सेवा पाउने जानकारी गराइन्छ ।
हाललाई यी बाहेक अरु कुनै प्याकेजमा रहेका ग्राहकहरुलाई यो मनी ब्याक ग्यारेन्टीको सुविधा उपलब्ध हुनेछैन भने यदि उनीहरुले आफ्नो प्याकेजलाई अपग्रेड गरे भने मात्र मनी ब्याक ग्यारेन्टी सुविधा प्रयोग गर्न पाउँनेछन्। गुनासो टिपाउँदा समेत उक्त समस्या समाधान भएन अथवा कम्पनीको सेवा चित्त बुझ्दो भएन भने बाँकी दिन बराबरको रकम फिर्ता पाउन सकिने वर्ल्डलिंकले जनाएको छ । अहिले यस किसिमको सेवा देशका विभिन्न ५३ ओटा स्थानमा उपलब्ध गराइएको छ ।

‘मनी ब्याक ग्यारेन्टी’ भने समस्या समाधान गर्न नसकेको अवस्थामा अर्थात चित्त बुझ्दो नलागेर वर्ल्डलिङ्कको सेवा प्रयोग गर्न नचाहने ग्राहकको हकमा यो लागू हुनेछ ।

रकम फिर्ता माग गर्दा ग्राहकले प्याकेज लिएको जतिदिन बाँकी रहन्छ सो बराबरको रकम मात्र फिर्ता पाउने व्यवस्था गरेको छ। उदाहरणको लागि ९० दिनको प्याकेज लिएको ग्राहकले ४० दिन उपभोग गरीसकेको छ भने ५० दिनको रकम मात्र फिर्ता पाउनेछ ।

उक्त सुविधा २०० एमबीपीएस भन्दा माथिको प्याकेजका लिएका ग्राहकका लागि मात्रै उपलब्ध हुने कम्पनीले जनाएको छ ।

वर्ल्डलिंकले देशभरका मुख्य शहरहरुमा उक्त सुविधा लागु हुने जनाएको छ। जसमा देशभरका सबै मुख्य शहरहरु पर्दछन्। आउने दिनहरुमा यो सुबिधा अरु शाखाहरुमा पनि उपलब्ध गराउँदै जाने वर्ल्डलिंकले जनाएको छ ।

२७ वर्षदेखी निरन्तर इन्टरनेट सेवा दिदै आएको वर्ल्डलिंकले आफ्नो सेवा ७४ जिल्लामा पुराइसकेको छ भने जुम्ला र मनास्लु सर्किट जस्तो दुर्गम र भौगोलिक रूपमा विकट क्षेत्रमा समेत पुगिसकेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्