मङ्कीपक्स रोग : संक्रमण र बच्ने उपाय

<span class='c1'>मङ्कीपक्स रोग : संक्रमण</span> <span class='c2'>र बच्ने उपाय</span>

 Monkey pox disease  संक्रामक, सरुवा एवम्  zoonotic रोग( पशुबाट मानिसमा र मानिसबाट पशुमा सर्ने रोग) हो । Monkey pox रोग DNA type monkey pox virus ले गर्दा लाग्दछ । यो भाइरस poxviridae  family मा पर्दछयो small pox जस्तै हुन्छ तर small pox virus poxviridae family को variola virus ले लाग्ने गर्दछ । Monkey pox virus research गर्न राखिएको बाँदरमा पहिलो पटक सन् १९५८ मा Denmark मा देखिएको थियो । पछि सन् १९७० मा महिनाको बालकलाई पहिलो पटक Democratic Republic of Congo मा monkey pox virus  रिपोर्ट गरिएको थियो । लामो समयपछि प्रथम पटक Nigeria बाट United Kingdom (UK) जाँदै गरेका एक मानिसमा may ,२०२२ मा monkey pox virus रिपोर्ट गरिएको थियो । अहिले नेपाल लगायत अन्य एशियन , युरोपियन , अमेरिकन राज्यहरूमा monkey pox virus अप्रत्यासि रूपमा देखा परिरहेको छ। नेपालमा पहिलो पटक स्वास्थ्य तथा जनस्वास्थ्य मन्त्रालयका अनुसार June 17,2023 मा एक ६० वर्षीय विदेशी महिला नागरिकलाई monkey pox virus राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला,टेकुमा detect गरिएको थियो ।  

 रोग सर्ने तरिका ( transmission)  

Monkey pox virus सामान्यतया ३ तरिकाले सर्ने गर्दछ

एक मानिसबाट अर्को मानिसमा (person to person):  

skin lesions ( घाउ) सँग प्रत्यक्ष सम्पर्क भएमा, संक्रमित मानिसको blood स्वस्थ मानिसले लिएमा, संक्रमित मानिसको र्याल सँग सम्पर्मकमा आएमा(चुम्वन गर्दा, जुठो खाँदा) यस अलवा भाइरस पुरुषको वीर्य (semen) मा हुने हुँदा शारीरिक सम्बन्ध राख्दा समेत monkey pox virus सजिलै एक मानिसबाट अर्को मानिसमा सर्ने गर्दछ । 

 लक्षणहरु( symptoms) 

यस रोगमा मुख्यतया छालामा सानो सानो गिर्खाहरु आउने , टाउको दुखने , मांसपेशीमा बेथा हुने , ढाड दुखने , श्वास प्रश्वास प्रणाली मा समस्या हुने ( Sore throat ) एवम् शरीरका lumph nodes सुनिने गर्दछन जसले कम शक्ति भएको महसुस हुने गर्दछ । यो रोग को incubation period ( microorganisms शरीरमा प्रवेश गरेपछि लक्षण नदेखाइञ्जेल सम्म को अवस्था / ओथारो अवस्था ) ६ देखि १३ सम्म हुन्छ  

रोग निदान(Diagnosis)  

लक्षणको आधारमा र skin swab लिएर lab मा PCR ( polymerase chain reaction) test गरी monkey pox virus रोग निदान गर्न सकिन्छ । 

 उपचार(treatment) 

धेरै जसो मानिसमा monkey pox virus लाग्ये पछि आफै निको हुन्छ यही भएर यस रोगलाई self limiting disease ( आफै निको हुने रोग ) पनि भनिन्छ 

Virus को कुनै उपचार नहुने भएकाले लक्षणको आधारमा उपचार ( symptomatic treatment) गरिन्छ ।  

 रोग लागि सके पछि के गर्ने? 

बहिरफेर ननिक्लने ( आफ्नै घर वा कोठामा बस्ने) 

Sanitizer अथवा साबुन पानीले हात धोए राख्ने 

मास्क लगाउने 

मानिसहरूसँग interaction गर्न परेमा नरम कपडाले घाउ भएको ठाउँ ढाक्ने र एक्लै भएको समयमा छालालाई सुख्खा राख्ने र घाउलाई नढाक्ने 

अरु भौतिक सामानहरू अनवयक रूपमा नछुने र आफ्नो कोठा disinfectant गरी रहने । 

 
  
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्