किन चिन्ता गर्छौ तिमी

किन चिन्ता गर्छौ तिमी

-राकेश मण्डल
जसलाई तिम्रो वास्तै छैन,
किन उसको चिन्ता गर्छौ तिमी।।

जो तिम्रो साथ दिनै चाहदैन
किन उसको भर पर्छौ तिमी

जसले तिमीलाई कहिले याद गर्दैन
किन उसलाई याद गर्छौ तिमी

जोसँग तिम्रो लागि समय नै छैन
किन उसको लागि समय बर्वाद गर्छौ तिमी

नगर कसैलाई एकतर्फि माया
एकतर्फी मायामा जिउँदै मर्छौ तिमी

जसको साथमा हिँड्न चाहन्छौ
उसकै खुट्टामा अल्झेर लड्छौ तिमी

पूरा भएको छैन यहाँ साँचो प्रेम कसैको
थाहा हुन्छ जब प्रेम कहानी पढ्छौ तिमी।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्