अमेरिकी होटल ब्राण्ड विंडहाम होटल्स एण्ड रिसोर्ट्सले इटहरीमा होटल सञ्चालन गर्ने

अमेरिकी होटल ब्राण्ड विंडहाम होटल्स एण्ड रिसोर्ट्सले इटहरीमा होटल सञ्चालन गर्ने

अमेरिकी होटल ब्राण्ड विंडहाम होटल्स एण्ड रिसोर्ट्सले इटहरीमा होटल सञ्चालन गर्ने भएको छ । नेपाल उद्योग वाणिज्य महासंघका कार्यसमिति सदस्य तथा पर्यटन तथा हवाई यातायात समिति (एफएनसीसीआई)का अध्यक्ष देशबन्धु बस्नेत (अजित)ले इटहरीमा यो ब्राण्ड भित्राएका हुन् ।

विंडहाम होटल्स एण्ड रिसोर्ट्ससँग ९५ देशमा ८ हजार ९०० भन्दा धेरै होटल र २४ ब्रान्डको पोर्टफोलियो छ । रमाडा ६० भन्दा बढी देशहरूमा ८५० भन्दा बढी होटलहरू भएको विंडहाम होटल्स एण्ड रिसोर्ट्स को मिडस्केल ब्रान्ड मध्ये एक हो ।

इटहरीमा रहेको ग्राण्ड सेन्ट्रल होटल प्राइभेट लिमिटेडले शुक्रबार नयाँ दिल्लीमा विंडहाम होटल्स एण्ड रिसोर्ट्ससँग नेपालको इटहरीमा ‘विंडहाम होटल बाइ रमाडा’ खोल्न फ्रान्चाइजी सम्झौतामा हस्ताक्षर गरेको छ । सन् २०२४ मा होटल खोल्ने अपेक्षा गरिएको छ । यो नेपालका धेरै व्यापारिक केन्द्र र व्यावसायिक प्रतिष्ठान नजिकै अवस्थित हुने बताइएको छ । होटलमा ८० कोठा, एक दिनभर रेस्टुरेन्ट, एक बार र लाउन्ज, एक हेल्थ क्लब, स्पा र आउटडोर स्विमिङ पुल रहने छन् । यसले भोज हल र बैठक कोठा पनि प्रदान गर्ने बताइएको छ ।

सम्झौतामा ग्राण्ड सेन्ट्रल होटल प्रालिका अध्यक्ष बस्नेत र युरेसियाका मार्केट प्रबन्ध निर्देशक निखिल शर्माले हस्ताक्षर गरे । बस्नेतले इटहरीमा विश्वस्तरीय ब्राण्ड ल्याउन पाउनु गौरवको विषय भएको बताए । यसले नेपालको पूर्वी क्षेत्रका आगन्तुकहरूलाई विश्वस्तरीय आतिथ्य सेवा प्राप्त गर्ने अवसर सिर्जना गरेको छ ।

त्यसैगरी शर्माले सम्झौताले नेपालको पर्यटन विकासमा ठूलो टेवा पुग्ने बताउँदै विंडहामको रमादाले इटहरीका पाहुनालाई नेपाली परम्परागत आतिथ्यतासँगै विश्वस्तरको सेवा प्रदान गर्ने बताए । होटलमा जिम, स्पा, स्विमिङ पुललगायत पाँच तारे होटलमा आवश्यक सबै सुविधा उपलब्ध हुने बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्