जसपा केन्द्रीय समितिको बैठक सुरु

<span class='c1'>जसपा केन्द्रीय समितिको</span> <span class='c2'>बैठक सुरु</span>

काठमाडौँ । जनता समाजवादी पार्टी(जसपा) नेपालको केन्द्रीय समितिको बैठक सुरु भएको छ ।

आइतबारदेखि सुरु हुने विधान अधिवेशनको अन्तिम तयारीका लागि आज दिउँसोबाट क्वालिटी ब्याङ्वेट बुद्धनगरमा केन्द्रीय समिति बैठक सुरु भएको सो पार्टीका केन्द्रीय प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिनुभयो ।

उहाँका अनुसार आजको बैठकमा विधान अधिवेशन, समाजवादी मोर्चा, कार्यकारिणी समितिले गरेका निर्णय अनुमोदन लगायतका विविध विषयमा छलफल हुने भएको छ ।

यसैगरी आइतबारको विधान अधिवेशनमा केन्द्रीय समितिका चार सय २३ सदस्य साथै प्रदेश समिति, राष्ट्रिय समिति, विशेष प्रदेश समिति, जिल्ला समिति, महानगर, भ्रातृ सङ्गठन तथा केन्द्रीय समितिबाट मानोनीत हुने १० जनासहित सात सय ७८ प्रतिनिधि सहभागी हुने सो पार्टीले जनाएको छ । यसरी सहभागी भएका प्रतिनिधिलाई ११ समूहमा विभाजन गरेर विधानमाथि छलफल हुने जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्