विराटनगर । प्रदेशस्तरीय बक्सिङ च्याम्पियनसिपमा सहभागी हुने मोरङको खेलाडीलाई विदाइ गरिएको छ ।
उदयपुरमा असार १३ गतेदेखि १५ गतेसम्म हुने कोशी प्रदेशस्तरीय बक्सिङ च्याम्पियनसिप सहभागिता हुने खेलाडीलाई सोमबार विदाइ गरिएको हो।
खेलकुद विकास बोर्ड, कोशी प्रदेशले आयोजना तथा नेपाल बक्सिङ संघको सहकार्यमा च्याम्पियनसिप हुन लागेको हो ।
उक्त च्याम्पियनसिपमा प्रशिक्षक, टिम म्यानेजरसहित १० जनाको टोली सहभागी हुने भएको छ ।
मोरङका खेलाडीले सबै तौल समूहमा प्रतिस्पर्धा गर्ने भएका छन्।
मोरङबाट सहभागिता जनाउने खेलाडीहरुमा प्रवीण बस्नेत, अजय खुलाल, रिजन भुजेल, फ्रेन्डसन कन्दङवा, दिपककुमार यादव, दिपेश देउजा, सुमन साह र रोशन बस्याल रहेका छन्।
टिमको प्रशिक्षकको रुपमा रवि साह रौनियार र टिम म्यानेजरका रुपमा बसन्त बुढाथोकी रहेका छन् ।
टोलीलाई विराटनगर महानगरपालिकाका मेयर नागेश कोइराला, कोशी प्रदेश खेलकुद विकास बोर्डका सदस्य सचिव हंशराज वाग्लेले विदाइ गरेका थिए ।
उक्त अवसरमा बक्सिङ संघ कोशी प्रदेश उपाध्यक्ष अभिषेक श्रेष्ठले खेलाडीसहितको टोलीलाई टिसर्ट उपहार दिएर विदाइ गरेका थिए ।