पटकपटक विश्वासको मत लिनुपर्ने अवस्था सिर्जना हुनु राम्रो संकेत होइन : मुख्यमन्त्री कार्की

<span class='c1'>पटकपटक विश्वासको मत लिनुपर्ने अवस्था सिर्जना हुनु</span> <span class='c2'>राम्रो संकेत होइन : मुख्यमन्त्री कार्की</span>

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले पटकपटक विश्वासको मत लिनुपर्ने अवस्था सिर्जना हुनु राम्रो संकेत नभएको बताएका छन् ।

उनले आज (बिहिबार) प्रदेशसभाको तेस्रो अधिवेशनमा प्रदेशसभामा मुख्यमन्त्री कार्कीद्वारा विश्वासको मतसम्बन्धी प्रस्ताव पेश गर्दै यस्तो बताएका हुन् ।

मुख्यमन्त्री कार्कीले मन्तव्य राख्ने क्रम जारी छ । यसअघि मुख्यमन्त्री कार्कीले अर्थमन्त्रीको हैसियतमा बजेटसम्बन्धी अध्यादेश प्रदेशसभामा पेश गरेका छन् । सो आफ्नो नेतृत्वमा सरकार गठन भएपछि प्रदेशको नामाकरण गर्नु महत्वपूर्ण उपलब्धी भएको उनले बताउदै ।

उनले नीति तथा कार्यक्रम आउने अघिल्लो दिन र बजेट आउनु भन्दा ९ दिन अगाडि सरकारमा सहभागी दलले समर्थन फिर्ता लिएको विषयमा असन्तुष्टि व्यक्त गरेका थिए । कोशी प्रदेश भित्र त्यहीबाट अस्थिरताको खेल सुरु भएको बताउँदै मुख्यमन्त्री कार्कीले त्यही कारण संसद अधिवेशन अन्त्य गरेर अध्यादेशबाट बजेट ल्याउन बाध्य हुनुपरेको बताए ।

मुख्यमन्त्री कार्कीले आज प्रदेशसभामा विश्वासको मत लिने प्रस्ताव पेश गर्ने कार्यसूची छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्