विराटनगर । नेकपा माओवादी केन्द्र काेशी प्रदेश संसदीय दलका नेता इन्द्रबहादुर आङ्बाेले एमालेले गरेकाे व्यवहार र कार्यशैलीका कारण सहकार्य टुटेको बताएका छन्।
मुख्यमन्त्रीले राखेको विश्वासको मत माग्ने प्रस्तावमाथि बिहीबार प्रदेशसभामा बोल्दै आङ्बोले यस्तो बताएका हुन् ।
मुख्यमन्त्रीले प्रदेशसभा बैठकमा विश्वासको मत मागेपछि आङ्बाेले विश्वासको मत नदिने बताए ।
उनले पहिचान पक्षधरकाे माग सम्बाेधनका लागि नाममा पुनरविचार गर्न आग्रह गरेका छन् ।
फेरि पनि सहकार्य गर्न सकिने बताउँदै अहिलेलाई एमाले नेतृत्वको सरकारलाई विश्वासको मत दिन नसकिने बताए ।