कोशी प्रदेशसभा बैठक शुक्रबार ११ बजेसम्मका लागि स्थगित

<span class='c1'>कोशी प्रदेशसभा बैठक शुक्रबार</span> <span class='c2'>११ बजेसम्मका लागि स्थगित</span>

विराटनगर । कोशी प्रदेशसभाको तेस्रो अधिवेशनको बैठक विशेष कारणवश भोलि शुक्रबार बिहान ११ बजेसम्मका लागि स्थगन गरिएको छ ।

प्रदेशसभाको आज बसेको पहिलो बैठकपछि ३० मिटेनका लागि स्थगन गरिएकोमा बेलुकी ८ बजे बस्ने भनी सूचना जारी भएको थियो । बेलुकी ९ः३० बजे प्रदेशसभाका सचिव गोपालप्रसाद पराजुलीद्वारा जारी अर्को सूचनामा भोलि शुक्रबार ११ बजे बस्ने गरी बैठक स्थगन भएको उल्लेख छ ।

कोशी प्रदेश प्रदेशसभा नियमावली, २०७४ (पहिलो संशोधन समेत)को नियम ६ को उपनियम (३) बमोजिम प्रदेशसभा सदस्यहरूलाई जानकारी गराइएको सूचनामा उल्लेख गरिएको छ ।

यसअघि सभा दिउँसो १ बजे सञ्चालन हुने कार्य सूची रहे पनि सभा १ः५० मा प्रारम्भ भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्