एसीसी यू-१६ इस्ट जोन कप : नेपाल समूह विजेता बन्दै सेमिफाइनलमा

एसीसी यू-१६ इस्ट जोन कप : नेपाल समूह विजेता बन्दै सेमिफाइनलमा

काठमाडौँ । एसीसी १६ वर्षमुनिको इस्ट जोन कपमा नेपालले घरेलु टोली मलेसियालाई ८४ रनले पराजित गरि समूह विजेता बन्दै सेमिफाइनलमा पुगेको छ ।

आज भएको समूह चरणको अन्तिम खेलमा नेपालले घरेलु टोली मलेसियालाई ८४ रनले पराजित गर्यो । जितका लागि १ सय ८४ रनको लक्ष्य पछ्याएको मलेसिया ३३ ओभर ५ बलमा ९९ रनमा समेटियो ।

मलेसियाका मोहम्मद हैरिलले सर्वाधिक २५ रन बनाए । मोहम्मद आलिफ १५ रनमा आउट भए । अन्य कुनै पनि खेलाडीले राम्रो प्रदर्शन गर्न सकेनन् । नेपालका अशोक धामीले ४ विकेट लिए ।

अभिषेक तिवारीले ३, सन्तोष यादवले २ र कृतिक कामतले एक विकेट लिए । त्यअसघि बायोमास ओभल क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ गरेको नेपाल ३३ ओभर ४ बलमा १ सय ८३ रनमा अलआउट भएको थियो ।

नेपालका अशोक धामीले सर्वाधिक ५२ रन बनाए । त्यस्तै, नरेन भट्ट र सूर्यांशु कोइरालाले समान २९ रन जोडे । मलेसियाका हजिक हैकवाल, मोहम्मद अक्रम, मोहम्मद मुकरी र एरिन अकिलले समान दुई विकेट लिए। नेपाल समूह ए बाट दुबै खेलमा जितका साथ समूह विजेता बनेको हो ।

नेपालले अब सेमिफाइनल खेलमा समूह 'बी' को उपविजेता सिंगापुरसँग खेल्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्