कोशी प्रदेश : मुख्यमन्त्री कार्कीले विश्वासको मत मागे

कोशी प्रदेश : मुख्यमन्त्री कार्कीले विश्वासको मत मागे

विराटनगर । काेशी प्रदेश सरकारका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले विश्वासकाे मत मागेका छन् । मुख्यमन्त्री कर्कीले मतविभाजनबाट विश्वासकाे मत परीक्षण गर्न चाहेकाे भन्दै प्रस्ताव गरेका हुन् ।

त्यस क्रममा उनले सर्वदलिय सरकार गठन गर्न र अझै पनि सहमतीय सरकार बनाउन आफू तयार रहेकाे र छाती ठूलाे पार्न आग्रह गदै उनले
काेशी प्रदेश सरकारका मुख्यमन्त्री कार्कीले याे सरकारले विश्वासकाे मत नपाए तत्काल अर्काे सरकार बन्न सक्ने आधार नदेखिएकाे समेत बताए ।

आफू सभाबाट नभागेकाे प्रष्टीकरण दिदै उनले आर्थिक विषयमा प्रश्न उठेकाेले तथ्यांक अध्ययन गर्न जवाफ दिन समयमै सभामुखलाई जानकारी दिएर बैठकमा उपस्थित भएकाे बताए । उनले विश्वासकाे मत लिने प्रयासका लागि परामर्शका लागि मात्र समय लिएकाे बताए ।

मुख्यमन्त्री कार्कीले संविधानकाे सर्वाेच्चताप्रति नेकपा एमालेलाई कुनै पनि शंका नगर्न आग्रह गर्दा मनसुनकाे समयमा भएकाे प्रकृतिक विपतिकाे समयमा भएका क्षति तथा राहत र उद्धारमा सरकार संवेदनशील रहेकाे बताए।

पहिचानवादीहरूसँग वार्ता र संवादका माध्यमबाट माग सम्बाेधन गर्न संवैधानिक र कानुनी प्रक्रिया अवलम्वन गर्ने समेत बताए।
विश्वासकाे मत लिने मुख्यमन्त्रीकाे प्रस्तावमा बैठकमा जनता समाजवादी पार्टी तटस्थ बस्ने निर्णय गरेके थियाे । विहीबारकाे बैठकमा सांसद निर्मला तावा लिम्बू अनुपस्थित रहेकि छिन।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्