कोशी प्रदेश : मुख्यमन्त्री कार्कीले राखेको विश्वास मतसम्बन्धी प्रस्तावमा मत विभाजन सुरु

कोशी प्रदेश : मुख्यमन्त्री कार्कीले राखेको विश्वास मतसम्बन्धी प्रस्तावमा मत विभाजन सुरु

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले राखेको विश्वास मतसम्बन्धी प्रस्तावमा मत विभाजन सुरु भएको छ ।

कोशी प्रदेश सभामा नेकपा एमाले सबैभन्दा ठूलो दल हो ।

सरकारमा सहभागी माओवादी केन्द्र र जसपाले सरकारलाई दिएको समर्थन फिर्ता लिएसँगै मुख्यमन्त्री कार्कीले आज विश्वासको मत लिएका हुन् ।

कोशी प्रदेशसभामा एमालेको ४०, नेपाली काँग्रेसको २९, नेकपा माओवादीको (सभामुख सहित) १३, राष्ट्रिय प्रजातन्त्र पार्टीको ६, नेकपा एकीकृत समाजवादीको ४ र जसपाको १ जना सांसदको प्रतिनिधित्व छ ।

कार्कीलाई विश्वासको मतको पक्षमा एमालेको ४० र राप्रपाको ६ सांसदले समर्थन गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्