कोशी प्रदेशमा एमालेको सरकार ढल्यो

<span class='c1'>कोशी प्रदेशमा एमालेको</span> <span class='c2'>सरकार ढल्यो</span>

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीको पद मुक्त भएको छ ।

प्रदेशसभा बैठकमा उनले राखेको विश्वासको मतको प्रस्तावको पक्षमा ४६ मात्रै पुगेको छ । जसमा एमालेका ४० र राप्रपाका ६ जना सांसदले विश्वासको मतको पक्षमा मतदान गरेका छन् ।

ल्ल जना सांसद रहेको प्रदेशसभामा बहुमत पुर्याउनका लागि ४७ सांसद आवश्यक पर्दथ्यो । मत विभाजनमा ८९ जना सांसद उपस्थित भए । मुख्यमन्त्रीको प्रस्तावको विपक्षमा काँग्रेस, माओवादी केन्द्र र नेकपा (एकीकृत समाजवादी)का ४३ सांसद उभिएका छन् । काँग्रेस, माओवादी र जसपाको गरी तीन जना सांसद भने अनुपस्थित रहेका थिए ।

कार्की नेतृत्वको सरकार ढलेसँग अब नयाँ सरकार गठनको प्रक्रिया सुरु हुनेछ । संविधानको धारा १६८ को (२) अन्तर्गत कार्की नेतृत्वको सरकार गठन भएको थियो ।

उनको सरकार ढलेपछि प्रदेश प्रमुख पर्शुराम खापुङले पुनः सोही धारा अन्तर्गत सरकार गठनको आव्हान गर्ने सम्भावना छ । २०७९ पुस २४ गते नियुक्त भएका मुख्यमन्त्री कार्कीले पुस २५ गते शपथ लिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्