झापा । झापाको अर्जुनधारा नगरपालिका-११ स्थितबाट प्रतिबन्धित लागुऔषध ब्राउन सुगर सहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।
बिहिबार बेलुका ८ बजे अस्थायी प्रहरी पोष्ट बुट्टाबारीबाट खटिएको प्रहरी टोलीले शंकास्पद अवस्थामा रहेका अर्जुनधारा-११ का २१ बर्षीय बिपिन माझी र २५ बर्षीय दिपेन तामाङलाई जेकजाँचको क्रममा शरिरमा लुकाईछिपाई राखेको अवस्थामा ५ ग्राम ब्राउन सुगर बरामद गरेको हो ।
लागुऔषध सहित पक्राउ गरेका उनीहरुको ईलाका प्रहरी कार्यालय अनारमनीबाट थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।
फोटो:फाइल