असार पन्ध्र

असार पन्ध्र

-बीरबल खड्का
असार पन्ध्र, धान दिवस,
सिम सिम झरीमा
हिलो माटो खेत मै हो
जोत्ने खन्ने धान रोप्ने,नै हो
मानो खाएर मुरी उब्जाउने,
कति पबित्र छ असार पन्ध्र ,
तपाईं हामी बाउसे रोपार नै हो ।

धान रोपेर धान दिवस मनाउने
दही सग चिउरा मिसाउने
आज असार पन्ध्र ।
धान रोपेर नै मनाउने हो ।।

असार पन्ध्र अवस्था चहि यस्तो छ
कृषक तपाईं हामीले,,
खेतको मेलामा, जन नपाउने
नेताले भने,,,
गमलामा धान रोप्ने
अनि कृषि क्रान्तिको जग बसाउने
तपाईं हाम्रै असार पन्ध्रमा,रमिता देखिने

कृषिको आएको नीति
जैविक खेती
युरिया मल चहि नपाउने थिति
अनुदानको पैसा चहि माफियालाई
हिजो धान झुल्ने खेत
आज महल ठडिएक छन,
देशमा निर्यात भन्दा आयत बढेकै छ
जे भए पनि किसानको देश भने कै छ,
तर पनि आज असार पन्ध्र
सबैले मनाएकै छन्

तथ्यांकमा ८० प्रतिशत किसान
कृषक उत्पादन जे सुकै होस
बजार छ बिचौलाको,
किसानको अनुदान, व्यापारीको
खेति योग्य जमिन सबै दलालको
कोट प्यान्ट लगाएर भए पनि,
धान खेतमा पुगेकै छन
उत्पादन जे सुकै होस
धान रोपेनी चामल भित्राएकै छौ
फेसन भयो असार पन्ध्र
धान रोप्ने हुन कि नरोप्ने
सबैमा शुभकामना असार पन्ध्रको ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्