पप्पु कन्ट्रक्सनका कर्मचारी पक्राउ

<span class='c1'>पप्पु कन्ट्रक्सनका</span> <span class='c2'>कर्मचारी पक्राउ</span>

काठमाडौं । नेपाल प्रहरीले आज काठमाडौँको बानेश्वरबाट पप्पु कन्स्ट्रक्सनका एक कर्मचारीलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा उक्त कन्स्ट्रक्सनका सञ्चालक रहेका हरिनारायण रौनियार रहेको प्रहरी प्रधान कार्यालयले जानकारी दिएको छ ।

नेपाल प्रहरीका प्रवक्ता प्रहरी नायब महानिरीक्षक कुबेर कडायतले बाँकेमा परेको ठगी मुद्दामा पक्राउ पुर्जी जारी भएकाले बानेश्वर प्रहरी वृत्तले उनलाई पक्राउ गरिएको बताउनुभयो ।

नेपालगञ्ज प्रहरीको अनुरोधमा पक्राउ गरिएको र उनलाई नेपालगञ्ज नै पठाइने उहाँले जानकारी दिनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्