स्वर्गिय मुमताजलाई शाहजहाँको पत्र

स्वर्गिय मुमताजलाई शाहजहाँको पत्र

-सुरज दाहाल
ताज महल, संसारको सबैभन्दा प्रतिष्ठित र प्रतिकात्मक स्मारकहरू मध्ये एक हो जुन अनन्त प्रेम र प्रेम प्रतिको भक्तिको प्रतीकको रूपमा खडा छ। मुगल सम्राट शाहजहाँले आफ्नी प्रिय पत्नी मुमताज महलको सम्झनामा बनाएको भनिने यो महल उनीहरूको गहिरो र चिरस्थायी प्रेम कथाको प्रमाणको रुपमा परिचित छ।

सन् १५९२ मा जन्मिएका शाहजहाँले सानै उमेरमा अर्जुमन्द(मुमताज महल)लाई रोयल मीना बजारमा आगराको सडकमा देखे र उनको प्रेममा परे। सन् १६०७ मा शाहजहाँले १४ वर्षकी अर्जुमन्द बानो बेगमसँग इन्गेजमेन्ट गरेका थिए तर उनीहरुको प्रेम विवाह सम्म पुग्न पाँच वर्ष लाग्यो किनकि उनले राजनीतिक कारणले पर्सियन राजकुमारी क्वाण्ड्रि बेगम सग विवाह गरेका थिए ,१० मई १६१२ को पवित्र दिनमा २१ वर्षीय शाहजहाँ र १९ वर्षीय अर्जुमन्द बानोको विवाह भएको थियो।

वास्तवमा अर्जुमन्द बानोको नाम मुमताज महल उनको विवाह सम् थिएन ,इतिहासकार एब्बा कोच दि बादशाहनामा अफ अब्दुल हमिद लाहोरीमा लेख्छिन "उनीहरूको विवाह पछि, शाहजहाँले अर्जुमन्दलाई "मुमताज महल"को उपाधि दिए, जसको अर्थ फारसीमा "दरबारको रत्न/दरबारको गौरव/दरबारको प्रिय/दरबारको सजावट दरबार मा चुनिएकी एक " हो। यो नाम पहिलो पटक उनको दरबारका इतिहासकार अब्दुल हमिद लाहोरीले लेखेको शाहजहाँको आधिकारिक जीवनी बादशाहनामामा उल्लेख गरिएको छ। ।कोचले विस्तारमा यो पनि उल्लेख गरेकि छनकि मुमताज महल नाम अन्य स्रोतहरूमा पनि प्रयोग भएको थियो, जस्तै ताजमहल शाहजहाँले उनको सम्झनामा बनाएको समाधि ! समाधिको मुख्य प्रवेशद्वारमा रहेको शिलालेखमा लेखिएको छ, "यो मुमताज-ए-महलको समाधि हो, संसारमा चुनिएको एक हो।"कोच लेख्छिन शाहजहाँले मुमताजलाई "तिमी मेरो जीवनको ज्योति, मेरो हृदयको आनन्द र मेरो आत्माको प्रेम हौ। तिमी चन्द्रमा र ताराहरू भन्दा सुन्दर छौ , र तिम्रो बुद्धि समुद्र भन्दा विशाल छ। "भनेका थिए।
(चावला, रोहित, सारण, शालिनी) आफ्नो पुस्तक ताजमहलमा लेख्छन "अर्जुमन्द धेरै दयालु, उदार र संयमी थिइन उनि मुगल साम्राज्यको प्रशासनिक कार्यमा पनि संलग्न थिइन् उनलाई शाहजहाँले शाही मोहर, मुहर उजाह दिएका थिए र उनी निरन्तर याचिकाकर्ताहरूको तर्फबाट अन्तरक्रिया पनि गर्थिन र विधवाहरूलाई भत्ता पनि दिने गर्थिन । उनले सधैं शाहजहाँको सबै सैन्य/युद्ध अभियानहरूमा साथ दिन रुचाइन यहि सैन्य विद्रोहको अभियानको सिलसिलामा खान जहाँ लोदी जो एक विश्वासघाती थियो जसले डेक्कनमा ठूलो सेना खडा गरेको समयमा आफ्नो १४ औं बच्चा (छोरी गौहररा बेगम) लाई जन्म दिंदा अत्याधिक प्रसवोत्तर रक्तस्राव र अन्य जटिलताहरूको कारण ३० घण्टा सुत्केरी पीडा पछि अर्जुमन्दको १७ जुन १६३१ मा ३९ वर्षको उमेरमा मृत्यु भयो। रानीको मनपर्ने लेडी-इन-वेटिङ, सती-उन-निसा, र उनको प्रिय डाक्टर वजीर खानको प्रयासको बावजुद उनको मृत्यु भयो। शाहजहाँले अर्जुमन्द लाई हेरचाह गर्न धेरै धाई र मिडवाइफहरू बोलाए तर सबै प्रयासहरू व्यर्थ भए। शाहजहाँलाई आफ्नी प्यारी पत्नीको असामयिक मृत्यु असहनीय थियो राज्यभर शोकको घोषणा गरे र सम्पूर्ण राज्यलाई दुई वर्षसम्म शोकको आदेश दिइएको थियो। “

अनिता देसाई आफ्नो पुस्तक दि ताज महल अ लभस्टोरिमा लेख्छिन "शाहजहाँ मुमताज महलको मृत्यु पछि पनि उनि बाट अलग रहन सकेनन्। तिनले मुमताजको शरीरलाई सुगन्धित गरेर सुनको कास्केटमा राखे, र जहाँ गए पनि आफूसँगै लैजान्थे। उनी बिना खान वा सुत्न सक्थेनन , र प्रायः घण्टौंसम्म टोलाएर बसिरहन्थे, उनको कास्केटमा हेरिरहन्थे।एक दिन शाहजहाँले मुमताज महलको लागि चिहान निर्माण गर्ने निर्णय गरे। उनी चाहन्थे कि यो संसारको सबैभन्दा सुन्दर चिहान होस , उनको लागि उनको प्रेमको प्रमाण बनोस उनले संसारका उत्कृष्ट वास्तुकार र शिल्पकारहरूलाई बोलाए, र उनीहरूलाई उत्कृष्ट कृति सिर्जना गर्न कार्टे ब्लान्चे( पुर्ण स्वतन्त्रता ) दिए। ताजमहलको निर्माण धेरै वर्ष लाग्यो, र यो संलग्न सबैको लागि प्रेमको श्रम थियो। कामदारहरू आफ्नो शिल्पकलामा सावधानीपूर्वक थिए, र तिनीहरूले उपलब्ध उत्कृष्ट सामग्रीहरू प्रयोग गर्थे। चिहान सेतो संगमरमरको बनाइएको थियो, र यो बहुमूल्य पत्थर र रत्नहरूले जडिएको थियो।जब ताजमहल अन्ततः पूरा भयो, शाहजहाँ धेरै खुसी भए । उनले अन्ततः मुमताज महलप्रति आफ्नो प्रेम व्यक्त गर्ने बाटो फेला पारे। उनी प्राय: चिहानमा जान्थे, र उनी त्यहाँ बसेर घण्टा बिताउँथे, सोचमा हराउँथे।"
एलिजाबेथ मानको पुस्तक "ताज महल: ए स्टोरी अफ लभ एण्ड एम्पायर"ले पाठकहरूलाई मुगल साम्राज्यमा पुराउछ , जहाँ शाहजहाँ र मुमताज महलको प्रेम कथा अनुग्रह र मोहका साथ प्रकट हुन्छ। लेखकले ज्वलन्त कथा कथन र मनमोहक चित्रण मार्फत साझा गरेको गहिरो बन्धनलाई सुन्दर ढंगले चित्रण गर्दछिन। साँझ दरबारको बगैंचामा, जहाँ शाहजहाँ र मुमताज महल प्रायः एकअर्कामा विलिन हुन् रहने गर्दथे । चन्द्रमाले फूलहरूमा कोमल चमक फ्याँक्दा, शाहजहाँले मुमताज महलको नाजुक हात आफ्नो हातमा लिएर प्रंसशाका शब्दहरू सुनाउथे जसले मुमताज ह्रदयलाई पुलंकित बनाउथो। तिनीहरूको प्रेम सतही सौन्दर्यमा मात्र आधारित थिएन तर तिनीहरूको प्रेम आत्माको सार अँगालेर गहिरो दौडिएको थियो। तिनीहरूले एक सामंजस्यपूर्ण साम्राज्यको सपना साझा गरे, जहाँ प्रेम, करुणा र न्याय प्रबल हुन्छ। शाहजहाँले मुमताज महल सग उनको बुद्धिमत्ता र दयालु स्वभाव भएकोले राज्यका मामिलाहरु को बारे मा छलफल गर्थ उनि उनको शब्दहरु को वजन र बुद्धि को साथ राय दिने गर्थिन।
एउटा उदाहरणमा, शाहजहाँले महत्त्वपूर्ण निर्णयमा विचारविमर्श गरिरहेको बेला, सल्लाहको लागि मुमताज महलतिर फर्किए आफ्नो हृदयको गहिराइबाट बोल्दै उनले अत्यन्त अनुग्रह र शालीनताका साथ उनले आफ्नो अन्तर्दृष्टि प्रस्ताव राखिन । उनको राय शासनको लागि अमूल्य सम्पत्ति थियो भनेर बुझेर शाहजहाँ उनको बुद्धिले मोहित थिए।
शाहजहाँ र मुमताजको प्रेमको गहिराई शाहजहाँले उनको मृत्यु पछाडी लेखेको पत्र बाट पनि थाहा हुन्छ , वेन एडिसन बेग्ले र जियाउद-दिन ए देसाई द्वारा प्रकाशित ,ताजमहल : एन एलिमण्ड टममा ,ताजमहल शाहजहाँले मुमताजलाई लेखेको पत्र साभार गर्दै यसरी उल्लेख गर्दछन।

(अनुवादित )
“हे मेरी प्यारी पत्नी, मुमताज महल,
म तिमीलाई टाढाको जमिन बाट लेख्दै छु तर मेरो हृदय सधैं तिम्रो साथमा छ। म तिमीलाई शब्दले भन्न सक्ने भन्दा बढी सम्झन्छु। तिमी मेरी प्यारी पत्नी, मेरो सबैभन्दा बहुमूल्य रत्न हौ। तिमी बिना म अधुरो छु। म तिमी बिना बाच्न सक्दिन।
तिमी मेरो जीवनको बगैँचामा फुल्ने फुल जस्तै हौ। तिमि मेरो बाटो उज्यालो चन्द्रमा जस्तै छौ, तिमी मेरो जीवनको ज्योति हौ। म तिम्रो लागि ईश्वर प्रति आभारी छु।
मैले भेटेको दिन हिजो जस्तै सम्झन्छु। तिमि धेरै सुन्दर थियौ , र म तुरुन्तै छक्क परें। हामी छिट्टै प्रेममा पर्यौं, र हाम्रो प्रेम केवल वर्षहरूमा बलियो हुदै गयो !, हामीले सँगै धेरै कुरा साझा गरेका छौं। हामी सँगै हाँस्यौं, सँगै रोयौं र सँगै परिवार हुर्कायौं। तिमि मेरो अपराधको साझेदार, मेरो सबैभन्दा मिल्ने साथी र प्रेमी हौ । म तिमी बिना मेरो जीवन कल्पना गर्न सक्दिन।
मलाई थाहा छ कि तिमि अहिले राम्रो ठाउँमा छौँ, र तिमि अब दुखमा पनि छैनौ । तर पनि म तिमीलाई धेरै सम्झने गर्छु। तिम्रो अनुहार हेर्न, तिम्रो आवाज सुन्न र तिम्रो स्पर्शको अनुभूति गर्न चाहन्छु।
म तिमीलाई कहिल्यै भुल्ने छैन, मेरी प्यारी पत्नी। तिमी सधै मेरो ह्रदयमा रहनेछौ।

म तिमीलाई संसारमा सबै भन्दा बढी माया गर्छु।

तिम्रो मायालु श्रीमान्,
शाहजहाँ”

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्