सफ्ट टेनिस राष्ट्रिय प्रतियोगिता : तीन वटा फाइनल खेल्ने एक महिला

<span class='c1'>सफ्ट टेनिस राष्ट्रिय प्रतियोगिता : तीन</span> <span class='c2'>वटा फाइनल खेल्ने एक महिला</span>

विराटनगर । सफ्ट टेनिस खेलको राष्ट्रिय प्रतियोगितामा भएका पाँच विधाका स्पर्धामा एक महिला खेलाडीले तीन वटा फाइनल खेल खेलेकी छन् ।

बागमती प्रदेशबाट खेलेकी जर्जिया चौधरीले तीन विधामा फाइनल खेल खेल्दै महिला एकलमा प्रथम स्थान हासिल गरेकी छन् भनें डबल र मिक्स डबलमा दोस्रो भएकी छन् । तीन वटा खेलमा उनले नगद ८५ हजार रुपैयाँ पाएकी छन् । उनी विराटनगरमा रहेका फुटबल प्रशिक्षक पारस चौधरी र एथलेटिक्स प्रशिक्षक उषा चौधरीकी छोरी हुन् ।

पाँच स्पर्धामा कोशी प्रदेशले तीन वटामा प्रथम स्थान ल्याउन सफल भएको छ । बागमतीले र सशस्त्र प्रहरीले एक, एक विधामा प्रथम स्थान ल्याएका छन् । जर्जियाले महिला एकलतर्फ बागमतीका जर्जिया चौधरीले लुम्बिनीका ऋतिका चौधरीलाई ४-१ ले पराजित गरिन ।

मिक्स डबलमा कोशी प्रदेशका श्रेया योन्जन र श्रेया राईको जोडिले बागमतीका जर्जिया र चन्द्रमाया राईलाई १०-८ ले पराजित गरे । मिक्स डबलमा सशस्त्र प्रहरीका कमल भण्डारी र भगवती बिकको जोडीले बागमतीका प्रदिप खत्री र जर्जियालाई ५-३ ले पराजित गरे ।

पुरुष एकलमा कोशीका युकेश योन्जनले बागमतीका प्रदिप खत्रीलाई ४ शुन्यको सोझो सेटमा पराजित गरे । पुरुष डबलमा कोशीका युकेश योन्जन र आशिष बोहराले कोशीकै आभास बुढाथोकीलाई ५-२ ले पराजित गरे । प्रथम हुनेलाई नगद ३५ हजार, दोस्रोलाई २५ हजार र तेस्रो हुने दुईलाई १०, १० हजार रुपैयाँसहित मेडल प्रदान गरियो ।

खेलकुद विकास बोर्ड कोशी प्रदेश र मोरङ जिल्ला सफ्ट टेनिस संघ विराटनगरमा १३ गतेदेखि संचालन गरेको प्रतियोगिता शनिबार बेलुका सकिएको छ । बिजेताहरुलाई प्रहरी नायव महानिरीक्षक राजेश बास्तोला, बोर्डका सदस्य सचिव हंशराज वाग्ले, सफ्ट टेनिस संघ जिल्लाका अध्यक्ष श्याम लामा लगायतले पुरस्कार प्रदान गरे ।

महिला तर्फ लुम्बीनिका ऋषिका चौधरीले लुम्बीनीकै रोशिका पोखरेललाई ४-१ ले, बागमतीका जर्चिया चौधरीले सशस्त्र प्रहरीका भगवती चौधरीलाई ४-२ ले पराजित गरेर फाइनल पुगेका छन् । क्वाटर फाइनलमा भगवतीले कोशी प्रदेशकी याना राजभण्डारीलाई ४ -२ ले पराजित गरेकी थिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्