माल्टा पठाइदिन्छु भन्‍दै रकम ठगी गरेको आरोमा झापाबाट एक पक्राउ

माल्टा पठाइदिन्छु भन्‍दै रकम ठगी गरेको आरोमा झापाबाट एक पक्राउ

माल्टा पठाइदिन्छु भन्‍दै रकम ६ लाख ३० हजार रकम ठगी गरेको आरोमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा झापाको अर्जुनधारा नगरपालिका-३ मदनपुर स्थायी घर भई  हाल काठमाडौंको टोखा नगरपालिका-३ धापासी बस्‍ने ३८ वर्षीय युवराज लिम्बु रहेका छन् ।

उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले  कालोपुलबाट पक्राउ गरेको हो । पक्राउ परेका उनलाई थप अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल, काठमाडौं ताहाचल पठाइएको  प्रहरीले जनाएको छ ।

उनले पीडितहरुलाई रोजगारीको लागि माल्टा पठाइदिने भन्‍दै  रकम  लिई सम्पर्कविहीन भएको प्रहरीको आरोप छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्