झापा । झापाको बाह्रदशी गाउँपालिका-६ माहारानी झोडास्थितबाट लागूऔषध दुई केजी गाँजासहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा स्थानीय ६१ वर्षीय नर बहादुर सुनार रहेका छन् ।
बिशेष सुचनाको आधारमा शनिबार साँझ ५ बजे ईलाका प्रहरी कार्यालय घैलाडुब्बाबाट खटिएको प्रहरीको टोलिले निजको घरको सुत्ने कोठामा रहेको झोला चेक जाँच गर्ने क्रममा झोलामा लुकाई राखेको अवस्थामा दुई किलो ५०० ग्राम गाँजा बरामद भएसंगै निजलाई पक्राउ गरेको हो ।
लागुऔषध गाँजा सहित पक्राउ परेका सुनारको सम्बन्धमा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
फोटो:फाइल