संखुवासभामा ६ महिनामा मानव अधिकार उल्लंघनका ३५ घटना

<span class='c1'>संखुवासभामा ६ महिनामा मानव</span> <span class='c2'>अधिकार उल्लंघनका ३५ घटना</span>

संखुवासभा । संखुवासभामा ६ महिनाको अवधिमा ३५ वटा मानव अधिकार उल्लंघनका घटना भएका छन् ।

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले शुक्रबार उक्त तथ्यांक सार्वजनिक गरेको हो । सन् २०२३ को जनवरीयता भएका मानव अधिकार उल्लंघनका ३५ घटनामा ३५ जना पीडित रहेका छन् । उक्त अवधिमा तीन वटा हत्याका घटना भएको तथ्यांकमा उल्लेख गरिएको छ । ५ बालिकासहित ७ जना बलात्कृत भएका छन्, भने २१ जनामाथि घरेलु हिंसा भएको इन्सेक जिल्ला प्रतिनिधि भविन कार्कीले जानकारी दिए ।

त्यस्तैगरी ४ जनामा कुटपिट भएको अभिलेख गरेको छ । नेपाल मानव अधिकार वर्ष पुस्तक २०२४ का लागि संकलन गरेको मानव अधिकार उल्लंघन तथा ज्यादतिका घटनाको अर्धवार्षिक पूर्वसमीक्षा कार्यक्रमका क्रममा यो तथ्यांक सार्वजनिक गरिएको हो । अघिल्लो वर्षभन्दा यस वर्ष मानव अधिकार उल्लंघन तथा ज्यादतिका घटनामा तुलनात्मक रुपमा वृद्धि भएको इन्सेक प्रतिनिधि कार्कीले बताए । अघिल्लो बर्ष २९ वटा मानव अधिकार उल्लंघन तथा ज्यादतीका घटना घटेका थिए ।

इन्सेकले मानव अधिकारको क्षेत्रमा लामो समय देखि काम गर्दै इन्सेकको जिल्लामा हिंसामा पीडित भएको अभिलेखीकरण गरेर राज्यलाई खवरदारी गर्दै आएको जिल्ला समन्वय प्रमुख सुमन शाक्यले बताए । राज्यले बनाएको नियम कानुन पालना गर्दा अरुलाई असर नहुने गरी प्रयोग गर्नु पर्ने समन्वय प्रमुख शाक्यले बताए । मानव अधिकारका क्षेत्रमा काम गर्ने विभिन्न संघ संस्था मध्ये इन्सेकले जिल्लाको मानव अधिकार उल्लङ्घनको अवस्था अभिलेखिकरण गर्ने गरेको समन्वय प्रमुख शाक्यले बताए । कार्यक्रमा जिल्ला प्रहरी कार्यालय संखुवासभाका डिएसपी बीरेन्द्र गोदारले पछिल्लो समय फिजिकल घटना भन्दा पनि टेक्निकल घटना हुन थालेका कारण फरक ढंगले सतहमा पुग्नु जरुरी भएको बताए । घटना कसरी घट्यो भन्दा पनि के घटना घट्यो कारण चाँही पत्ता लगाउनु जरुरी भएको डिएसपी गोदारले बताए ।

त्यस्तैगरी कार्यक्रममा जिल्ला प्रशासन कार्यालयका प्रशासकिय अधिकृत विमल पौडेलले इन्सेकको तंथ्याङ्कले सरकारी संयत्रलाई समत सहयोग पुगेको बताए । अहिले भएको तंथ्याङ्कमा उमेर समूह,कुन समुदाय हो भन्ने खुलाउन सके अझ राम्रो हुने प्रशासकिय अधिकृत पौडेलले बताए । कार्यक्रममा खाँदबारी नगरपालिका १ का वडाध्यक्ष निरञ्जन श्रेष्ठले कुन पालिका कति घटना घटे भन्ने स्थानीय तह खुल्ने तंथ्याङ्क आवश्यक भएको बताए । उनले मानव अधिकार संरक्षण सम्वद्धनका लागि वडाले आवश्यक सहयोग र सहकार्य गर्ने तयार भएको बताए ।

कार्यक्रमका अध्यक्ष तथा नेपाल पत्रकार महासंघका अध्यक्ष इन्द्र गिरीले अर्ध बार्षिक समिक्षामा आएको सहभागीको तर्फबाट आएको सल्लाह सुझाव जिल्ला प्रतिनिधिले प्रदेश र केन्द्र सम्म पु¥याउनु जरुरी भएको बताए । यहाँ आएको सुझावलाई समेटेर प्रतिवेदन बनाउन सके अझ प्रभावकारी हुने उनले बताए । कार्यक्रमा गैरसरकारी संस्था महासंघ संखुवासभाका अध्यक्ष यदुमणी निरौला,नेपाल रेडक्रस सोसाइटीका सभापति सरोज बज्राचार्य,क्रियाशिल पत्रकार तथा मानव अधिकारसँग सरोकार संघ संस्थाको उपस्थिती रहेकको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्