विराटनगरका कृतिकको उत्कृष्ट बलिङले नेपाल यू-१६ क्रिकेट टिम फाइनलमा

विराटनगरका कृतिकको उत्कृष्ट बलिङले नेपाल यू-१६ क्रिकेट टिम फाइनलमा

विराटनगर । नेपाल एसिसी यू-१६ इस्ट जोन कप क्रिकेटको फाइनलमा पुगेको छ ।

सोमबार भएको सेमिफाइनलमा नेपालले सिंगापुरलाई ९७ पराजित गर्‍यो। नेपालको युवा टोलीको जितमा विराटनगरका कृतिक कामतले महत्वपूर्ण योगदान गरे । उनले २.३ ओवर बलिङ गरेर मात्रै ९ रन दिएर ३ विकेट लिएका थिए । विराटनगर १२ मलहनुवा टोल घर भएर विराटनगरको कान्तिपुर स्कुलबाट यसै बर्ष एसईइ दिएका कृतिकले आज कै खेलमा १० रन बनाएका थिए । उनी आजको खेलको म्यान अफ दि म्याच भएका थिए ।

यस्तै सन्तोष यादबले १८, दिपुकुमारले १२, प्रतिक भट्टराईले १२ र कृतिक कामतले १० रन बनाएका थिए। सिंगापुरले ३१.३ ओभरमा सबै विकेट गुमाएर ८७ रन मात्र जोड्यो।नेपालका कृतिक कामतले तीन तथा अभिशेक तिवारी, प्रतिक पोखरेल, अशोक धामी, सन्तोष यादब र नरेन भट्टले एक एक विकेट लिए।

नेपालले मंगलबार हुने फाइनल खेलमा आयोजक मलेसियाको सामना गर्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्