उद्धव थापालाई कोशी प्रदेशको मुख्यमन्त्री बनाउने सत्ता गठबन्धनको निर्णय

<span class='c1'>उद्धव थापालाई कोशी प्रदेशको मुख्यमन्त्री</span> <span class='c2'>बनाउने सत्ता गठबन्धनको निर्णय</span>

विराटनगर । कोशी प्रदेशको मुख्यमन्त्री नेपाली कांग्रेसलाई दिने सत्ता गठबन्धनले निर्णय गरेको छ ।

बालुवाटारमा आज बसेको बैठकले कांग्रेस कोशी प्रदेश संसदीय दलको नेता उद्धव थापालाई मुख्यमन्त्री बनाउने निर्णय गरेको हो ।

गठबन्धनभित्र कांग्रेसको सबैभन्दा ठूलो संख्या रहेकोले कांग्रेसलाई मुख्यमन्त्री दिने निर्णय भएको बैठकमा सहभागी नेकपा एकीकृत समाजवादीका कार्यबहाक अध्यक्ष राजेन्द्र पाण्डेले जानकारी दिए ।

सबैभन्दा ठूलो दल काँग्रेस रहेकोले उसको नेतृत्वमा सरकार गठन गर्न प्रदेशलाई सुझाब दिने निर्णय भएको उनको भनाई छ । सरकार गठनको लागि बहुमत जुटाउने जिम्मा पनि काँग्रेसलाई दिएको उनको भनाइ छ ।

गत पुस २४ गते मुख्यमन्त्री बनेका नेकपा एमालेका संसदीय दलका नेता हिक्मतकुमार कार्कीले प्रदेशसभाबाट विश्वासको मत नपाएपछि नयाँ सरकार गठनको प्रक्रिया अगाडि बढेको छ । ९३ सदस्यीय प्रदेशसभामा बहुमतको लागि ४७ सिट चाहिन्छ ।

नेपाली कांग्रेसको २९, माओवादीको सभामुखसहित १३, नेकपा एसको ४ र जसपाको १ गरी गठबन्धनसँग ४७ सीट रहेपनि एमालेले सभामुखको गणना गर्न नमिल्ने बताउँदै आएको छ ।

राप्रपाले एमालेको साथ नछाडे कोशी प्रदेशसभामा विपक्षी गठबन्धनको बहुमत पुग्ने अवस्था छैन ।

नेकपा एमाले संसदीय दलका नेता हिक्मत कार्कीले असार १५ गते (शुक्रबार) प्रदेशसभा बैठकमा विश्वासको मत नपाएपछि नयाँ सरकार गठनका लागि आह्वान गरिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्