सङ्खुवासभा : बाढीमा बेपत्ता भएका एकको पहिचान खुल्यो

<span class='c1'>सङ्खुवासभा : बाढीमा बेपत्ता</span> <span class='c2'>भएका एकको पहिचान खुल्यो</span>

किमाथाङ्का । सङ्खुवासभाको चैनपुर नगरपालिका–११ दुम्कट्टामा फेला परेको शवको पहिचान खुलेको छ ।

गत असार २ गते राति अविरल वर्षासँगै आएको बाढीले हेँवा खोलामा बेपत्तामध्ये एकजनाको शव चैनपुर–११, दुम्कट्टामा फेला परेको थियो । यही असार १४ गते दुम्कट्टामा फेला परेको बर्दियाका कालीराम थारू रेहको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक सरोज खनालले जानकारी दिनुभयो । थारू सुपर हेँवा कम्पनीका सहायक चालक रहेको प्रहरीले जनाएको छ ।

चालक थारूको शव सोमबार आफन्तले जिम्मा लिएपछि जिल्ला अस्पताल सङ्खुवासभामा शवपरीक्षण गरिएको छ । थारूको आजै खाँदबारी नगरपालिका–९ स्थित मनकामनाघाटमा थारू परम्पराअनुसार अन्त्यष्टि गरिएको छ । बाढी पहिरामा परेको अन्य १९ जना अझै बेपत्ता भएको प्रहरीले जनाएको छ ।

बाढीपहिराका कारण जिल्लाका विभिन्न स्थानका २० घरपरिवार विस्थापित भएका छन् । बाढीपहिराबाट विस्थापित भएका २० घरपरिवारमध्ये १२ घर पूर्ण क्षति भएका छन् । चैनपुर नगरपालिका–४ र पाँचखपन नगरपालिका–९ मा गएको पहिराले खोला थुनिएपछि आएको बाढीले बगाउँदा ठूलो परिमाणमा भौतिक संरचनाको क्षति भएको हो । बाढीले तीनवटा पक्की पुलमा क्षति पुर्याएको छ ।

बाढी भौतिक संरचना बगाउँदा करोडौँको क्षतिको भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्