विराटनगर जलजला चौकमा ट्राफिक लाइट जडान गरिदैं

<span class='c1'>विराटनगर जलजला चौकमा ट्राफिक</span> <span class='c2'>लाइट जडान गरिदैं</span>

विराटनगर । विराटनगरको जलजला मोडमा ट्राफिक लाइट जडान प्रक्रिया सुरु गरिएको छ । विराटनगर महानगरपालिकाले चालु आर्थिक वर्ष भित्रमा तीन स्थानमा ट्राफिक लाइट जडान गर्ने योजना राखेको थियो । जसमध्ये जलजला मोडमा असार भित्रैमा काम सक्ने तयारी गरिएको छ ।

महानगरपालिकाका नगर प्रहरी प्रमुख राजन पौडेलले दश लाख लागतमा जलजला मोडमा ट्राफिक लाइट जडान गर्ने काम भईरहेको जानकारी दिए । निर्माण कम्पनीमार्फत संरचना तयार भईरहेको छ । महानगरपालिकाले यसको निर्माण गरेपछि रेखदेख र व्यवस्थापन भने ट्राफिक प्रहरीले गर्नेछ । चालु आर्थिक वर्षमा संरचना तयार गरिसक्ने लक्ष्य राखिएको छ ।

विराटनगरमा चालु आर्थिक वर्ष भित्रै मुख्य राजमार्ग र बजार क्षेत्रमा आठ स्थानमा ट्राफिक लाईट जडान गर्ने योजना रहेको थियो । विराटनगरको रोडशेषचौकदेखि राजबंशी चौकसम्मको क्षेत्रमा पाँच स्थानमा छ लेन सडक आयोजना ईटहरीले ट्राफिक लाइट जडान गर्ने भनिएको थियो ।

यसैगरी बजार क्षेत्रको ट्राफिकचौकदेखि तीनपैनीसम्म तीनस्थानमा विराटनगर महानगरपालिकाले ट्राफिक लाइट जडान गर्ने योजना रहेपनि एक स्थानमा मात्रै आर्थिक वर्षको अन्तिममा खाल्डो खन्ने काम सुरु भएको छ ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङका प्रमुख सुनिलकुमार श्रेष्ठले छ लेन सडक आयोजनाले राख्ने भनिएको मुख्य राजमार्ग अन्तर्गत रोडशेष, घाँसचौक, बरगाछी, कन्चनबारी र राजबंशी चौकमा ट्राफिक लाइट जडान गर्ने प्रक्रिया अगाडी बढाएको भनिपनि काम नभएको बताएका छन् । महानगरले जलजलाचौक र तीनपैनी र अर्को एक स्थानमा ट्राफिकलाइट जडान गर्ने भनिएको थियो ।

यो पनि पढ्नुहोस् : https://ourbiratnagar.net/2023/02/212901

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्